close

सुचना प्रविधि क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा वर्ल्डलिंक

टेकपाना टेकपाना

मंसिर १, २०७६ ९:४७

सुचना प्रविधि क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा वर्ल्डलिंक

वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड लगातार दोस्रो पटक सुचना प्रविधि सेवातर्फ सबैभन्दा बढी आयकर तिर्ने करदात कम्पनीको रुपमा दर्ज भएको छ । आन्तरिक राजस्व विभागले आठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सुचना प्रविधि सेवातर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा वर्ल्डलिंकलाई सम्मानित गरेको हो ।

वर्ल्डलिंकले अघिल्लो वर्ष पनि सुचना प्रविधि सेवातर्फसबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो । आइतबार राजधानीमा आयोजित कार्यक्रममा वर्ल्डलिंकलाई उक्त सम्मान प्राप्त भएको हो । विभागले कर दिवसको अवसरमा वर्ल्डलिंकसहित विभिन्न १५ वटा बिधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीमा सुर्य नेपाल प्राली रहेको छ । भने, व्यक्तिगत आयकर तिर्नेमा सिद्दार्थ समशेर जबरा रहेका छन् । निर्यातकर्ता मध्ये बढी आयकर तिर्ने कम्पनीमा डाबर नेपाल, उद्योग मदिरा र चुरोट बाहेक धेरै आयकर तिर्नेमा जगदम्बा स्टिल्स प्राली रहेको छ । त्यस्तै कृषि एव‌म पशुपक्षीतर्फ अन्नपुर्ण एग्रो, सहकारीमा छिमेकी लघुबित्त सहकारी संस्था, बैंक बित्त संस्थातर्फ राष्ट्रीय बाणिज्य बैंकले सबैभन्दा बढी कर बुझाएका छन् ।

बिमा व्यवसायमध्ये नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड, पर्यटनमा तारागाउ रिजेन्सी, मध्यस्तरियमा कामना सेवा बिकास बैंक रहेको छ । आन्तरिक राजस्व कार्यक्षेत्र भित्र रहि सबैभन्दा बढी कर बुझाउनेमा भिएस मौरिसस कम्पनी रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०