काठमाडौं । साओमी इन्डोनेसियाले रेड्मी नोट १० को उत्पादन बन्द भएको घोषण गरेको छ । रेड्मी नोट १० को उत्पादन बन्द भएसँगै कम्पनीले प्रयोगकर्तालाई सोही लाइनअपका अन्य स्मार्टफाेन खरिद गर्न आग्रह गरेको छ ।
चिपसेट अभावका कारण कम्पनीले रेड्मी नोट १० को उत्पादन रोकिएको बताएको हो । हाल यो समस्या इन्डोनेसियामा देखिएको भएता पनि विस्तारै अन्य मुलुकमा समेत यसको असर देखापर्ने अनुमान गरिएको छ ।
नोट १० सिरिजमा सबैभन्दा उत्कृष्ट डिभाइसका रुपमा रहेको उक्त फोनकाे माग बढ्दाे छ ।
फोनको महत्वपूर्ण फिचरअन्तर्गत स्न्यापड्रागन ६७८ चिपसेट, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ३३ वाट फास्ट चार्जिङ सपोर्टसहित ५००० एमएएच क्षमताको ब्याट्री, ओएलईडी डिस्प्ले लगायत रहेका छन् ।