close

सस्तो मूल्यमा रियलमी ‘सी’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ १३, २०७८ २०:३५

सस्तो मूल्यमा रियलमी ‘सी’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा ‘सी’ सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्री लेभलका ‘सी२०’ र ‘सी२१’ नेपाली बजारमा भित्र्याएको हो ।

यी दुवै फोन आइतबारदेखि दराज अनलाइनबाट प्रिबुकिङ गर्न सकिने र आउँदो बुधबारदेखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

२ जीबी र्‍याम र ३२ जीबी मेमोरी भएको रियलमी सी२० को मूल्य १२,८४९ रुपैयाँ तोकिएको छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी मेमोरी भएको सी२१ को मूल्य १६,९९९ रुपैयाँ तोकिएको छ ।

‘युवा प्रयाेगकर्तालाई आकर्षित गर्ने रियलमी सी सिरिज उत्कृष्ट ब्याट्री लाइभ, अल्ट्रा लार्ज डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ उपलब्ध इन्ट्री लेभल स्मार्टफोन हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

६.५ इन्चको लार्ज डिस्प्ले भएको सी२० मा सुपर पावर मोडसहितको ५ हजार एमएएच ब्याट्री, जियोमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी३५ प्रोसेसर र २ प्लस १ सिम स्लटका साथै २५६ जीबीसम्म बढाउन सकिने डेडिकेटेड माइक्रोएसडी स्लट छ ।

यसैगरी TÜV Rheinland High Reliability Certification पाउने रियलमी सी२१ विश्वकै पहिलो स्मार्टफोन हो ।

युवा प्रयोगकर्ताहरुलाई आकर्षण गराउने यस स्मार्टफोनमा सुपर नाइटस्क्याप भएको एआई ट्रिपल क्यामेरा, ६.५ इन्च एचडी प्लस मिनि ड्रप फुलस्क्रिन, अक्टाकोर १२एमएम २.३ गिगाहर्ज प्रोसेसर र ५ हजार एमएएच ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१