close

पपुवा न्यू गिनी र नेपालबीचको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण डिशहोममा

टेकपाना टेकपाना

भदौ १५, २०७८ २१:२५

पपुवा न्यू गिनी र नेपालबीचको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण डिशहोममा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पपुवा न्यू गिनी (पीएनजी) बीच हुने एक दिवसीय अन्तर्राष्ट्रय क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सिरिजका दुई खेल आउँदो भदौ २२ र २५ गते हुनेछ ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस एचडी १ र डिशोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३