close

एन्ड्रोइडमा यसरी चलाउनुहोस् अमेजनको अलेक्सा भ्वाइस असिस्टेन्ट

टेकपाना टेकपाना

भदौ १६, २०७८ ११:२२

एन्ड्रोइडमा यसरी चलाउनुहोस् अमेजनको अलेक्सा भ्वाइस असिस्टेन्ट

काठमाण्डौं । अलेक्सा अमेजनको क्लाउडमा आधारित भ्वाइस असिस्टेन्ट हो । अलेक्सा एपको प्रयोग कल गर्न, मौसमसम्बन्धी जानकारी लिन, मुद्रा विनिमय दर बुझ्न, घरायसी उपयोगका इलेक्ट्रोनिक उपकरणमा कनेक्ट गरी चलाउन, तापक्रम जान्न लगायतका लागि गरिन्छ ।

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने अलेक्सा एप कसरी सेटअप र कस्टमाइज गर्ने भनेर जानकारी दिँदै छौं ।

अलेक्सा एप यसरी सेटअप गर्नुहोस्:

  •  सबैभन्दा पहिला तपाईंले गुगल प्ले स्टोरबाट अमेजन अलेक्सा डाउनलोड गर्नुहोस् । 
  • डाउनलोड गरिएको अलेक्सा एप इन्स्टल गर्नुहोस् ।
  • अब अमेजन अलेक्सा एप खोल्नुहोस् ।
  • अब तपाईंले उक्त एप अमेजनको अकाउन्टमा लग ईन गर्नुहोस् । 
  • यदि तपाईंसँग अलेक्साको अकाउन्ट छैन भने अकाउन्ट बनाउन सक्नुहुन्छ ।
  • नाम र तपाईंको अकाउन्ट प्रमाणित गर्नुहोस् । तपाईंले ‘ I’m Someone Else’ मा क्लिक गरी आफ्ना जानकारीहरू उपलब्ध गराउन पनि सक्नुहुन्छ ।
  • अब तपाईंले अमेजनका शर्तहरू स्वीकार गरी आफ्नो सम्पर्क नम्बर र अन्य सूचना अलेक्साको प्रयोगका लागि उपलब्ध गराउनुपर्ने हुन्छ । तपाईंले ‘लेटर’ अप्सन पनि छान्न सक्नुहुन्छ । 
  • अब नेक्स्ट मा क्लिक गरेपछि अलेक्सा एपको इन्टरफेस देख्न सक्नुहुन्छ ।   
  • अब अलेक्सा एपको होमस्कृन खुलेपछि अलेक्साले गर्नसक्ने कामहरू हेर्न स्वाइप अप गर्नुहोस् । 

अलेक्सा एप कस्टमाइज गर्ने तरिका

  • एप खोल्नका लागि अलेक्साको आइकनमा क्लिक गर्नुहोस् । 
  • बीचमा रहेको ‘डिभाइस’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब ‘अल डिभाइस’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब फोनमा अलेक्सालाई क्लिक गर्नुहोस् । 
  • अब स्क्रिनमा देखिएका तपाईं रहनुभएको स्थान समय र अन्य मापनका एकाइहरू अनुकूल अनुसार मिलाउन सक्नुहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३