close

बैंक अफ काठमाण्डूको कुशे औंशी र तीज अफर, खानाका परिकार अर्डरमा २५ प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

भदौ २०, २०७८ ११:१४

बैंक अफ काठमाण्डूको कुशे औंशी र तीज अफर, खानाका परिकार अर्डरमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुड मार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ ।

आजदेखि सुरु भएको याे योजना अन्तर्गत हकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा रु.५०० सम्मको नगद फिर्ता पाउनेछन् ।

ग्राहकहरुले नगद फिर्ता योजनामा सहभागी हुनका लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङ्गमार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत कारोबार गर्नुपर्ने हुन्छ ।

यस नगद फिर्ता योजना भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगद फिर्ता योजनामा सहभागी पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा रु।५०० सम्मको नगद फिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ ।

ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३