close

इन्टरनेट सुरक्षाका लागि गुगलको उपयोगी ‘एबीसी’ रुल

टेकपाना टेकपाना

भदौ २४, २०७८ १०:२४

इन्टरनेट सुरक्षाका लागि गुगलको उपयोगी ‘एबीसी’ रुल

काठमाडौं । हामी निरन्तर रुपमा इन्टरनेटमा कनेक्ट भइरहेका हुन्छौं । प्रविधिको यो दुनियाँमा पक्कै पनि यो आवश्यक पनि हो ।

तर, सँगै यसले सम्भावित जोखिम भने सिर्जना गर्न सक्छ । किनभने ह्याकरहरूले प्रयोगकर्ताको कमजोरी खोजी रहेका हुन्छन्, जसमार्फत उनीहरूले ठूलो हानी पुर्‍याउन सक्छन् ।

त्यसैले पनि गुगलले समय समयमा आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा हुनसक्ने आक्रमणबाट बच्न आवश्यक जानकारी दिँदै आएको छ । सोही क्रममा यहाँ हामी इन्टरनेट सेक्युरिटीमा गुगलको ‘एबीसी’ रुलका विषयमा जानकारी दिँदै छौं ।

त्यसमा पहिलो अर्थात ‘ए’ काे र्थ ‘अल्वेज किप योर प्राइभेट डिटेल्स टु योरसेल्फ’ (तपाईंको निजी जानकारी सधैं आफैसँग राख्नु ) हो ।

गुगलले आफ्नो गोप्य जानकारी अरुलाई कहिलै पनि शेयर नगर्न आग्रह गरेको छ । जसमा तपाईंको जन्ममिति, बैंकिङ विवरण, तपाईंको मनपर्ने फुटबलरको नाम अन्जान व्यक्तिलाई इन्टरनेटमा शेयर नगर्नु भनेको छ ।

यस्ता जानकारी शेयर गर्दा इन्टरनेटमा जोखिम बढ्नसक्ने जनाइएको छ ।

दोस्रो अर्थात ‘बी’ जसको अर्थ ‘बि अवेयर अफ ब्याड एक्टर इन योर इन्बक्स (ईमेलको इनबक्समा अनावश्यक व्यक्तिले पठाएको म्यासेजबाट सचेत रहनुहोस्) हाे ।

प्रयोगकर्ताको ईमेलमा आउने स्पाम म्यासेजबाट पनि सुरक्षित हुनपर्ने गुगलले बताएको छ । हुन त त्यसका लागि गुगलले ईमेल फिशिङ प्रोटक्सन वार्न टुल पनि उपलब्ध गराएको छ ।

‘सी’ अर्थात ‘चेन्ज योर पासवर्ड फ्रिक्वन्टिली’ (तपाईंको पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस्) ।

गुगलका अनुसार प्रयोगकर्ताले समय समयमा पासवर्ड परिवर्तन गर्नु उपयुक्त हुन्छ । त्यसले गर्दा केही गरी पासवर्ड लिक भएको खण्डमा पनि प्रयोगकर्तालाई सुरक्षित राख्न यसले मद्दत पुग्नेछ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५