close

डीजेआई स्मार्टफोन गिम्बललाई नै अब सेल्फी स्टिक बनाउन सकिने

टेकपाना टेकपाना

भदौ २७, २०७८ १६:८

डीजेआई स्मार्टफोन गिम्बललाई नै अब सेल्फी स्टिक बनाउन सकिने

काठमाडौं  । डीजेआईले भर्खरै ओस्मो मोबाइल ५ सार्वजनिक गरेको छ । जुन टेलिस्कोपिङ सेल्फी स्टिक सहितको नयाँ स्मार्टफोन गिम्बल हो । यो नयाँ गिम्बल यस अघिको तुलनामा केही सानो र हलुका समेत छ ।

ह्यान्डलमा नयाँ बटन थप गरिएको छ । जसले ओस्मो ५ मा रहेका केही मुख्य फिचरमा छिटो पहुँच दिने गर्दछ । डिजाइनमा गरिएको परिवर्तनले ब्याट्रीको आयूलाई भने कटौती गरेको छ ।

जब कि ओस्मो ४ को ब्याट्री करिब १५ घन्टासम्म टिक्ने गरेकोमा यो नयाँ गिम्बलको ब्याट्री केवल छ घन्टा २० मिनेटमा सीमित हुन पुगेको छ । ओस्मो ५ मा गिम्बल मोटरमा सुधार देख्न सकिन्छ भने शुटिङका लागि केही नयाँ आकर्षक फिचर समेत समावेश छन् ।

यसले तपाईंको वरिपरिको स्क्यान गरी टिप्सको ३० ओटा सेट उपलब्ध गराउँछ र भिडिओ सुटिङमा निर्देशन समेत दिने गर्दछ । जब तपाईंले सुझाइएका सबै क्लिपहरू रेकर्ड गर्नुहुन्छ, यसले डीजेआईको मिमो एपमा सबैलाई एउटा परिष्कृत भिडिओको रुपमा अटो एडिट गरिदिन्छ ।

साथै डीजेआईको अर्को महत्वपूर्ण फिचर भनेको यसको ट्र्याकिङ फिचरमा भएको अपग्रेड हो । एक्टिभ ट्र्याक ४ फेसियल रिकग्निसन र फेसियल ट्र्याकिङको रुपमा सुधार भएको छ ।

जसले एकदमै प्रभावकारी प्रदर्शन गर्दछ । यसका साथै ओएम ५ मा रहेका सबै प्रोग्राम गरिएका शुटिङ मोडहरू यसमा समावेश छन् । जसमा हिचकोकिन डली जुम, क्रियटिभ क्लोनमी पानोरमा र स्पिन शट रहेका छन् ।

यति मात्र होइन, यस अघिका हाइपरल्याप्स, टाइमल्याप्स र मोसनल्याप्स फिचर मोड समेत यसमा देख्न सकिन्छ । एथेन्स ग्रे र शनसेट ह्वाइट गरी दुई ओटा कलर अप्सनमा आएको डीजेआई ओस्मो मोबाइल ५ लाई ५९ अमेरिकी डलर पर्ने अतिरिक्त एक्सेसरिजका साथ खरिद गर्न सकिनेछ ।

ओएम ५ सार्वजनिक भएसँगै ओएम ४ लाई ओएम एसईको रुपमा नयाँ नाम दिइएको छ । गत वर्षकै १५ घन्टा टिक्ने ब्याट्री सहित म्याग्नेटिक क्ल्याम्पका लागि ११९ अमेरिकी डलर मूल्य तोकिएको छ ।

ओस्मो मोबाइल ५ भने हाल १५९ अमेरिकी डलरमा उपलब्ध हुनेछ । जुन चाहिँ सार्वजनिक हुँदाको बखत ओस्मो मोबाइल ४ को मूल्यको तुलनामा १० डलर र ओस्मो मोबाइल ३ को तुलनामा ३० डलर बढी हो । ओस्मो मोबाइल ५ रिङ होल्डर, क्ल्याम्प, ट्राइपोड, नाडीमा लगाउने फिता र पन्च सहितको आकर्षक प्याकेजमा आउँछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१