close

आँखा जाँच्न प्रयोग भयो आईफोनको क्यामेरा !

टेकपाना टेकपाना

असोज १४, २०७८ २१:२२

आँखा जाँच्न प्रयोग भयो आईफोनको क्यामेरा !

काठमाडौं । आईफोन थर्टीन् प्रोमा आएको एउटा नयाँ फिचर भनेको क्यामेरामा उपलब्ध म्याक्रो मोड हो । जसमार्फत अत्यन्तै क्लोज–अपमा फोटो र भिडियो खिच्न सकिन्छ ।

यो फिचरको प्रयोग गरेर धेरै प्रयोगकर्ताले विभिन्न विषयवस्तुको फोटो खिचिरहेका छन् । तर, अमेरिकी डाक्टर टमी कर्नले भने आईफोन थर्टीन् प्रोको क्यामेरा आखाँको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाएका छन् ।

डा. कर्नले लिंकड्इनमा उनले आफूसँग भएको आईफोन थर्टीन प्रोलाई आँखाको जाँच गर्न प्रयोग गरेको बताएका छन् । उनले सेयर गरेको फोटोमा आँखा भित्रको सम्पूर्ण जानकारी देखिएको छ ।

उनले कोर्निया ट्रान्सप्लान्टको बिरामीको आँखामा देखिएको परिवर्तन फोटाेमा देखाएका छन् । यसको लागि आईफोन थर्टीन् प्रोमा रहेको म्याक्रो क्यामेरा प्रयोग गरिएको उनले बताएको विभिन्न अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५