close

विश्वव्यापी उपलब्ध हुँदै कलर ओएस १२, तपाईंको मोबाइलमा कहिले आउँछ ?

टेकपाना टेकपाना

असोज २५, २०७८ १६:५६

विश्वव्यापी उपलब्ध हुँदै कलर ओएस १२, तपाईंको मोबाइलमा कहिले आउँछ ?

काठमाडौं । ओप्पोले गत सेप्टेम्बरमा चीनबाट कलर ओएस १२ घोषणा गरेको थियो । आज मात्र कम्पनीले आफ्ना पछिल्ला मोडेलका स्मार्टफोनमा विश्वव्यापी रुपमा नै ओएसको नयाँ भर्सन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यसमा सफा किसिमको यूआई, ‘ओमोजी’ एनिमेटेड इमोजी, सधैँभरी डिस्प्ले अन राख्न सकिने, वालपेपरमा आधारित थिमको सपोर्ट र सुधारिएको ब्याट्री खपत व्यवस्थापन जस्ता फिचर समावेश छन् । ओएसको विश्वव्यापी भर्सनमा यी मध्ये अधिकांश फिचर रहने बताइएको छ ।

चीनमा यो भर्सन उपलब्ध गराइएको भए पनि ओपपोले कलर ओएसको अन्तर्राष्ट्रिय भर्सन एन्ड्रोइड १२ मा स्थिर हुने बताएको छ । कहिलेसम्म आउँछ तपाईंको मोबाइलमा ?

ओप्पोले सन् २०२२ को अन्त्यसम्ममा आफ्ना ५२ ओटा स्मार्टफोन मोडेलमा कलर ओएस १२ अपडेट उपलब्ध गराउने बाचा गरेको छ । आश्चर्यको कुरा त के छ भने फ्ल्यागशिप फोन ओप्पो फाइन्ड एक्स थ्री प्रो फाइभजीमा भने आजै (११ अक्टोबर, २०२१) देखि नै डाउनलोड गर्न सकिने भएको छ ।

यदि तपाईंसँग ओप्पोका अन्य स्मार्टफोन छन् भने तपाईंले २०२१ को डिसेम्बर अघि वा ढिलोमा २०२२ को डिसेम्बर अघिसम्म अपडेट पाउन सक्नुहुन्छ । ओप्पोले अपडेट प्राप्त गर्न बाँकी रहेका मोबाइललाई चार ओटा समूहमा वितरण गरेको छ । जुन तपाईंले तल हेर्न सक्नुहुनेछ ।

नोभेम्बर २०२१ देखि

-फाइन्ड एक्स २ प्रो (अटोमोबिली ल्याम्बोर्गिनि सहित)

-फाइन्ड एक्स २

-रेनो ६ प्रो फाइभजी

-रेनो सिक्स फाइभजी

डिसेम्बर २०२१ देखि

-रेनो ६

-रेनो ५

-रेनो ६ जेड फाइभजी

-रेनो ५ प्रो फाइभजी

-रेनो ५ प्रो

-एफ १९ प्रो प्लस

-ए ७४ फाइभजी

-ए ७३ फाइभजी,

२०२२ को पहिलो अर्धवार्षिकदेखि

-फाइन्ड एक्स ३ लाइट फाइभजी

-फाइन्ड एक्स ३ नियो फाइभजी

-फाइन्ड एक्स २ नियो

-फाइन्ड एक्स २ लाइट

-रेनो ५ फाइभजी

-रेनो ५ एफ

-रेनो ५ लाइट

-रेनो ५ जेड फाइभजी

-रेनो ४ प्रो फाइभजी

-रेनो ४ फाइभजी

-रेनो ४ एफ

-रेनो ४ लाइट

-रेनो ४ जेड फाइभजी

-रेनो ४ प्रो

-रेनो ४

-रेनो ३ प्रो फाइभजी

-रेनो ३ प्रो

-रेनो ३२

-रेनो ५ ए

-रेनो १० एक्स जुम

-एफ १९ प्रो

-एफ १७ प्रो

-ए ९४

-ए ९४ फाइभजी

-ए ९३

-ए ५४ फाइभजी

– ए ५३ एस फाइभजी २०२२ को

दोस्रो अर्धवार्षिकदेखि

-एफ १९

-एफ १९ एस

-ए ७४

-एफ १७

-ए ७३

-ए ५३

-ए ५३ एस

-ए १६ एस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१