काठमाडौं । ओप्पोले गत सेप्टेम्बरमा चीनबाट कलर ओएस १२ घोषणा गरेको थियो । आज मात्र कम्पनीले आफ्ना पछिल्ला मोडेलका स्मार्टफोनमा विश्वव्यापी रुपमा नै ओएसको नयाँ भर्सन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यसमा सफा किसिमको यूआई, ‘ओमोजी’ एनिमेटेड इमोजी, सधैँभरी डिस्प्ले अन राख्न सकिने, वालपेपरमा आधारित थिमको सपोर्ट र सुधारिएको ब्याट्री खपत व्यवस्थापन जस्ता फिचर समावेश छन् । ओएसको विश्वव्यापी भर्सनमा यी मध्ये अधिकांश फिचर रहने बताइएको छ ।
चीनमा यो भर्सन उपलब्ध गराइएको भए पनि ओपपोले कलर ओएसको अन्तर्राष्ट्रिय भर्सन एन्ड्रोइड १२ मा स्थिर हुने बताएको छ । कहिलेसम्म आउँछ तपाईंको मोबाइलमा ?
ओप्पोले सन् २०२२ को अन्त्यसम्ममा आफ्ना ५२ ओटा स्मार्टफोन मोडेलमा कलर ओएस १२ अपडेट उपलब्ध गराउने बाचा गरेको छ । आश्चर्यको कुरा त के छ भने फ्ल्यागशिप फोन ओप्पो फाइन्ड एक्स थ्री प्रो फाइभजीमा भने आजै (११ अक्टोबर, २०२१) देखि नै डाउनलोड गर्न सकिने भएको छ ।
यदि तपाईंसँग ओप्पोका अन्य स्मार्टफोन छन् भने तपाईंले २०२१ को डिसेम्बर अघि वा ढिलोमा २०२२ को डिसेम्बर अघिसम्म अपडेट पाउन सक्नुहुन्छ । ओप्पोले अपडेट प्राप्त गर्न बाँकी रहेका मोबाइललाई चार ओटा समूहमा वितरण गरेको छ । जुन तपाईंले तल हेर्न सक्नुहुनेछ ।
नोभेम्बर २०२१ देखि
-फाइन्ड एक्स २ प्रो (अटोमोबिली ल्याम्बोर्गिनि सहित)
-फाइन्ड एक्स २
-रेनो ६ प्रो फाइभजी
-रेनो सिक्स फाइभजी
डिसेम्बर २०२१ देखि
-रेनो ६
-रेनो ५
-रेनो ६ जेड फाइभजी
-रेनो ५ प्रो फाइभजी
-रेनो ५ प्रो
-एफ १९ प्रो प्लस
-ए ७४ फाइभजी
-ए ७३ फाइभजी,
२०२२ को पहिलो अर्धवार्षिकदेखि
-फाइन्ड एक्स ३ लाइट फाइभजी
-फाइन्ड एक्स ३ नियो फाइभजी
-फाइन्ड एक्स २ नियो
-फाइन्ड एक्स २ लाइट
-रेनो ५ फाइभजी
-रेनो ५ एफ
-रेनो ५ लाइट
-रेनो ५ जेड फाइभजी
-रेनो ४ प्रो फाइभजी
-रेनो ४ फाइभजी
-रेनो ४ एफ
-रेनो ४ लाइट
-रेनो ४ जेड फाइभजी
-रेनो ४ प्रो
-रेनो ४
-रेनो ३ प्रो फाइभजी
-रेनो ३ प्रो
-रेनो ३२
-रेनो ५ ए
-रेनो १० एक्स जुम
-एफ १९ प्रो
-एफ १७ प्रो
-ए ९४
-ए ९४ फाइभजी
-ए ९३
-ए ५४ फाइभजी
– ए ५३ एस फाइभजी २०२२ को
दोस्रो अर्धवार्षिकदेखि
-एफ १९
-एफ १९ एस
-ए ७४
-एफ १७
-ए ७३
-ए ५३
-ए ५३ एस
-ए १६ एस
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
