close

लेनोभोका दुई नयाँ ट्याब्लेट नेपाली बजारमा

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १७:४५

लेनोभोका दुई नयाँ ट्याब्लेट नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा लेनोभोका दुई नयाँ ट्याब्लेट सार्वजनिक भएको छ । लेनोभोको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिले ‘एम ८’ र ‘एम १० एफएचडी प्लस’ गरी दुई मोडलमा ट्याब भित्र्याएको हो ।

‘एम ८’ ट्याब ३ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । त्यस्तै ‘एम १० एफएचडी प्लस’ ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेजमा उपलब्ध छ ।

नेपाली बजारमा ‘एम ८’ को मूल्य २१ हजार ९९० रूपैयाँ र ‘एम १० एफएचडी प्लस’ को मूल्य ४३ हजार ९९० रूपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१