close

स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रिन्ट मंसिरदेखि

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १४:४६

स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रिन्ट मंसिरदेखि

काठमाडौं । सरकारले मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरू गर्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले कात्तिकभित्रै १४ लाख कार्ड ल्याउने तयारी गरेको छ ।

हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ ।

बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

उनका अनुसार लाइसेन्स प्रिन्ट सुरु भएको एक महिनादेखि नयाँ लाइसेन्स वितरण थालिने छ ।

यसैबीच सरकारले प्रदेश १ र २ बाहेक सबै प्रदेशमा डिजिटल प्रविधिको ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको उनले बताए ।

‘ईम्बोस्ड नम्बर प्लेटका बारेमा केही दिनमै राजपत्रमा सूचना प्रकाशित हुने र यसपछि वितरणको काम सुरु गरिने छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१