close

स्वचालित कार परीक्षण गर्दै वाइमो

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ २०:६

स्वचालित कार परीक्षण गर्दै वाइमो

काठमाडौं । वाइमोले आफ्नो स्वचालित कारको परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले यही बिहीवारदेखि न्यू योर्क सिटीमा आफ्नो स्वचालित चार्सलर प्यासिफिका भ्यानको ड्राइभिङ सुरु गर्ने भएको हो ।

मुख्यतः वाइमोका सेल्फ ड्राइभिङ (स्वचालित) सवारीसाधनको परीक्षणलाई गर्मी हावापानीमा केन्द्रित गरिएको छ । तर अब भने कम्पनीले आफ्ना मसिनलाई कठीन ट्रायलमा उतार्ने छ ।

यो कार र आगामी अर्को कार जागुर आई-पेस ईभी गल्लीहरू मापन गर्न र वातावरणबाट सिकाईका लागि मानव चालकमा निर्भर हुनेछन् । तर यसको लक्ष्य पूर्ण स्वचालितको रहेको छ ।

सबै परीक्षणहरू दिउँसोको उज्यालोको समयमा हुनेछन् । वाइमोले राजनीतिकर्मी, नियामक, उद्योग र गैरनाफामूलक क्षेत्रबाट आफूले प्रोत्साहन पाएको बताएको छ ।

न्यू योर्क सिटी एकताका यसको ट्याक्सी व्यावसायप्रति निकै संरक्षणकारी देखिएको थियो भने हाल राइड शेयरिङमा एकदमै निर्भर छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५