close

दीपावलीका लागि ह्वाट्सएपका नयाँ स्टिकर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ ८:२०

दीपावलीका लागि ह्वाट्सएपका नयाँ स्टिकर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले दीपावली तथा तिहारलाई लक्षित गर्दै एनिमेटेड स्टिकर प्याक सार्वजनिक गरेको छ । यसमार्फत् प्रयोगकर्ताले उक्त स्टिकर आफ्ना साथीभाइलाई पठाएर शुभकामना आदानप्रदान गर्न सक्नेछन् ।

‘ह्वाट्सएपले प्रयोगकर्तालाई रमाइला तथा रंगीन दीपावली स्टिकर प्याक ल्याएको छ । हरेक वर्ग तथा समूहलाई हुने गरी बनाइएका यी स्टिकरले दीपावलीमा साथीभाइसँग म्यासेज आदानप्रदान गर्न अझ बढी रमाइलो बनाउने छ,’ ह्वाट्सएपले जारी गरेको सन्देशमा भनिएको छ ।

तपाईंले यहाँ क्लिक गरेर पनि ह्वाट्सएपको उक्त स्टिकर फेला पार्न सक्नुहुनेछ । तर, यसका लागि तपाइसँगै ह्वाट्सएपको नयाँ भर्सन भने हुन आवश्यक छ ।

यदि तपाईंले नयाँ भर्सनको एप प्रयोग गर्नुभएको छ भने ह्वाट्सएप खोली कुनै एउटा च्याट अन गरेर त्यहाँ रहेको स्टिकर आइकन क्लिक गर्नुपर्ने छ ।

त्यहाँ क्लिक गरेसँगै ‘प्लस’ अप्सनमा क्लिक गरी ‘ह्याप्पी दीवाली’ स्टिकरमा क्लिक गरेर त्यसमा भएका स्टिकरलाई सहजै प्रयोग गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५