close

अफलाइन हुँदा पनि अर्को डिभाइसमा ह्वाट्सएप लग-इन गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ ११:८

अफलाइन हुँदा पनि अर्को डिभाइसमा ह्वाट्सएप लग-इन गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप हामी धरैका रोजाइमा पर्ने गर्छ । यसको कारण यसमा उपलब्ध गोपनीयता फिचर हो । ईन्ड–टु–ईन्ड इन्क्रिप्सनका कारण प्रयोगकर्ताको कुराकानी कम्पनी आफैले पनि हेर्न नसक्ने हुँदा धरैले यो एपलाई रुचाइरहेका छन् । यस्तोमा कम्पनीले पनि समय समयमा विभिन्न फिचर यसमा उपलब्ध गराइरहेको छ । 

सोही अनुरूप कम्पनीले हालै नयाँ फिचर प्रयोगकर्तामाझ उपलब्ध गराएको छ । जुन धेरै नै उपयोगी छ । किन भने हालसम्म एउटा डिभाइसबाट अर्को डिभाइसमा ह्वाट्सएप चलाउनु पर्‍यो भने दुबै डिभाइसमा इन्टरनेटसँग कनेक्ट हुन अनिवार्य थियो । तर, अब भने त्यस्तो अवस्थाको अन्त्य भएको छ । कम्पनीले अब अर्को डिभाइसमा कनेक्ट गर्दा मोबाइलमा इन्टरनेट नहुँदा पनि कनेक्ट गर्न सकिने बनाएको छ ।

त्यसका लागि आवश्यक प्रक्रिया यहाँ हामी तपाईँलाई जानकारी दिँदै छौ । त्यसका लागि तपाईँसँग ह्वाट्सएपको सबैभन्दा नयाँ भर्सन हुन आवश्यक छ । यो फिचरको हालसम्म बेटा भर्सनमा मात्रै उपलब्ध रहेको छ । त्यो हुँदा प्रयोग गर्दै गर्दा समस्या भने आउन सक्छ । अर्को कुरा डिभाइस कनेक्टले ह्वाट्सएप वेब, डेक्सटप र पोर्टलमा मात्रै सपोर्ट गर्नेछ । यसको अर्थ यो फिचर एन्ड्रोइड र आईओएस एपबीच भने काम गर्दैन । 

कसरी प्रयोग गर्ने ? 

सुरुमा ह्वाट्सएप खोली सेटिङमा जानुहोस् । अब त्यहाँ ‘लिंक्ड् डिभाइस’ मा क्लिक गरी ‘ मल्टी डिभाइस बेटा’ मा क्लिक गर्नुहोस् ।

अब जुन डिभाइसमा तपाईँले ह्वाट्सएप लिङ्क गर्न खोज्नु भएको हो उक्त डिभाइसको स्क्रिनमा गएर ‘लिङ्क अ डिभाइस’ बटनमा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै अब सेकेण्डरी डिभाइसमा क्युआर खुल्नेछ । त्यसलाई स्क्यान गरी तपाईँले मोबाइलमा बिना इन्टरनेट डिभाइस कनेक्ट गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५