close

सामुदायिक विद्यालयमा पशु विज्ञानदेखि कम्प्युटर इन्जिनियरिङसम्मका कक्षा सञ्चालन हुँदै

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ ११:५८

सामुदायिक विद्यालयमा पशु विज्ञानदेखि कम्प्युटर इन्जिनियरिङसम्मका कक्षा सञ्चालन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयमा विभिन्न प्राविधिक कक्षा सञ्चालन गरिरहेको छ ।

आफ्नै आन्तरिक स्रोतमा प्राविधिक कक्षा सञ्चालन गर्दै आएको महानगरपालिकाले थप पाँच विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ ।

यस कक्षाअन्तर्गत कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञानको पढाइ हुनेछ ।

महानगरपालिकाले गत आर्थिक वर्षदेखि आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्न सुरु गरेको हो ।

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाले विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्ने गरेको छ । यसैबीच यो वर्ष पनि महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।

गत आर्थिक वर्षमा तीनवटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

उल्लेखित विषयमा शैक्षिक सत्र २०७९ बाट ९ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार पुगेका इच्छुक विद्यालयलाई आवेदन दिनका लागि पनि आह्वान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५