close

इन्टरनेटबाट सधैंका लागि हराउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ १५:२८

इन्टरनेटबाट सधैंका लागि हराउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । आजको दुनियाँ इन्टरनेटको हो । यो कुरा सबैले स्वीकारेका छन् । नेपालमा पनि इन्टरनेटको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालमा जोडिनेदेखि अनलाइन शपिङ र सरकारी/गैरसरकारी संस्थाले उपलब्ध गराएका अनलाइन सेवामा मानिसहरूको आकर्षण बढिरहेको छ ।

इन्टरनेटमा यी सेवा सुविधा प्रयोग गरिरहँदा तपाईंको छुट्टै अस्तित्व बनिरहेको हुन्छ । तर कोही मानिस यस्ता पनि हुन्छन्, जो इन्टरनेटमा आफ्नाबारे कुनै डेटा वा विवरण नदेखियोस् भन्ने चाहन्छन् ।

यदि तपाईं पनि यस्तै सोचमा हुनुहुन्छ भने हामी उपाय सुझाउँदै छौं । इन्टरनेटबाट आफ्नो अस्तित्व पूर्णरुपमा विलय गराउँछु भन्ने सोच्नुभएको छ भने चैं तपाईं गलत हुनुहुन्छ ।

इन्टरनेटको दुनियाँबाट पुरै अलग्गिन नसकेपनि इन्टरनेटमा देखाइने विवरण धेरै हदसम्म कम गर्न सकिन्छ ।

सामाजिक सञ्जाल र शपिङ्ग साइटबाट आफ्नो अकाउन्ट डिलिट वा डिएक्टिभेट गर्नुहोस्

-फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंकडिनजस्ता सामाजिक सञ्जालको अकाउन्ट डिलिट गर्नुहोस् । यीबाहेक पनि रेडिट, टम्ब्लर, माईस्पेस जस्ता सञ्जालमा जोडिनु भएको त छैन ? एक पटक सबै सम्झनुहोस् र अकाउन्ट भए डिलिट/डिएक्टिभेट गर्नुहोस् ।

-अनलाइन शपिङ्गका लागि कता-कता जोडिनुभएको छ ? स्थानीय ईकमर्सदेखि विदेशी ईकमर्स साइटबाट आफूलाई हटाउनुहोस् । यदि कुनै पनि मेटाउन नसकिने अकाउन्ट छन् भने अकाउन्टमा रहेको आफ्नो वास्तविक ‘इन्फो’ लाई परिवर्तन गर्नुहोस् ।

डेटा सङ्कलन गर्ने साइटबाट आफूलाई हटाउनुहोस्

डेटा ब्रोकर कम्पनीहरु जस्तै ओर्‍याकल, टावर डेटा, एक्सपेरियन आदिले तपाईंले अनलाइन गर्ने सबै कुराबाट डेटा सङ्कलन गर्छन् । नेपालमा पनि यस्ता डेटा संकलन गर्ने वेबसाइट छन् । यी वेबसाइटले तेस्राे पक्षलाई तपाईंकाे डेटा बेच्छन् ।

तपाईं यी साइटमा आफूलाई खोजेर प्रत्येक साइटबाट आफ्नो नाम हटाउन सक्नुहुन्छ । साइटअनुसार नाम हटाउने प्रक्रिया फरक छ र कहिलेकाहिँ फ्याक्सहरू पठाउने र वास्तविक भौतिक कागजी कार्यहरू भर्ने समावेश गर्नुपर्ने पनि हुन सक्छ।

वेबसाइटबाट आफ्नो जानकारी हटाउनुहोस्

आफ्नो फोन कम्पनी वा सेल प्रदायकसँग तपाईं अनलाइन सूचीबद्ध भए/नभएको बुझ्नुहोस् र यदि सूचीबद्ध हुनुहुन्छ भने नाम हटाउनहोस् ।

यदि तपाईं पुरानो फोरम पोस्ट वा पहिले लेख्नुभएको पुरानो ब्लग हटाउन चाहनुहुन्छ भने ती साइटको वेबमास्टरलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

पुरानो सर्च रिजल्ट हटाउनुहोस्

पहिले सर्च गरेका साइटबाट छुट्कारा पाउन ती सर्च हिस्ट्री डिलिट गर्नुहोस् । पहिले खोजेको वेब पेज गुगल सर्भरमा क्यास (cached) गरिएको हुन सक्छ । गुगलमा त्यो पेजको यूआरएल सर्च गर्नुहोस् । अनि क्यास सर्च रिजल्ट मेटाउन सक्नुहुन्छ ।

ईंमेल अकाउन्ट हटाउनुहोस्

यसका लागि तपाईंले आफ्नो ईमेल अकाउन्ट नै डिलिट वा क्लोज गर्नुपर्ने हुन्छ । माथिका अन्य चरण पार गर्न पनि तपाईंलाइ ईमेल अकाउन्ट चाहिन्छ । यसकारण इन्टरनेटबाट हराउने अन्तिम उपायस्वरूप तपाईंले ईमेल अकाउन्ट बन्द गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५