close

वनप्लस, ओप्पो र रियलमीका यी फोनले १२५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १०:२४

वनप्लस, ओप्पो र रियलमीका यी फोनले १२५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं । बजारमा फास्ट चार्जिङ सपोर्टसहितका स्मार्टफोन ल्याउने होडबाजी चलिरहेको छ । यसैबीच तीन चिनियाँ ब्राण्डले आफ्ना फ्ल्गागशिप फोनमा १२५ वाट फास्ट चार्जिङ सपोर्ट दिने भएका छन् ।

हालै एक टिप्स्टर मुकुल शर्माले ट्वीटरमा एक ट्वीट गर्दै ओप्पो, रियलमी र वनप्लसका स्मार्टफोनमा १२५ वाट फास्ट सपोर्ट हुने खुलासा गरेका हुन् ।

उनका अनुसार रियलमी जीटी टु प्रो, ओप्पो फाइन्ड एक्स फोर सिरिज, वनप्लस १० प्रो, ओप्पो ‘एन’ सिरिज फोन र रेनो ८ प्रोले १२५ वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछन् ।

सन् २०२२ को मध्यतिर सार्वजनिक हुने अनुमान गरिएका यी स्मार्टफाेन क्वालकमको स्न्यापड्रागन ८९८ बाट सञ्चालित हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२