close

यस्तो छ नेपाली बजारमा उपलब्ध साओमीको नयाँ ट्याब्लेट

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ २२:४

यस्तो छ नेपाली बजारमा उपलब्ध साओमीको नयाँ ट्याब्लेट

काठमाडौं । वर्क स्टेसन र मनोरन्जनका लागि लक्षित गर्दै साओमीले नेपाली बजारमा नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनीले ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्लेसहित नेपाली उपभोक्ताका लागि साओमी प्याड फाइभ उपलब्ध गराएको हो ।

यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिएको छ । साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको याे प्याड साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।

यसमा बिल्ट इन लो ब्लु लाइट हार्डवेयर, ब्लु लाइट रिडक्सन सफ्टवेयर, ट्रु डिस्प्ले छ । कम्पनीका अनुसार यसको डिस्प्लेमा एक अर्बभन्दा धेरै रंगहरू पाउन सकिन्छ ।

दुई ओटा भेरियन्टमा आएको साओमी प्याड फाइभको मूल्य ६ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन पर्ल ह्वाइट र कस्मिक ग्रे गरी दुई ओटा कलर अप्सनमा पाउन सकिनेछ ।

एन्ड्रोइड ११ मा आधारित मियूआईमा चल्ने प्याड फाइभमा एफ/२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफ/२.० रहेको ८ मेगापिक्सेलकाे फ्रन्ट क्यामेरा दिइएको छ । यसमा तपाईंले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२