काठमाडौं । अब माछापुच्छ्रे बैंकको एटीएमबाट पैसा झिक्नका लागि डेबिट कार्ड नचाहिने भएको छ । आज एक कार्यक्रमका बीच बैंकले ‘एमबीएल कार्डलेस विथड्रल’ सेवा सुरु गरेको छ ।
यो सेवाअन्तर्गत प्रयोगकर्ताले मोबाइल बैंकिङ प्रयोग गरेर एटीएमबाट पैसा झिक्न सक्नेछन् । यसका लागि माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ (कार्डबिना नै पैसा झिक्न मिल्ने) अप्सनमा क्लिक गर्नुपर्नेछ ।
यसपछि प्राप्त ओटीपी कोड एटीएममा राखेर पैसा झिक्न सकिनेछ ।
डिजिटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्चालन गर्ने उद्देश्यसहित यो सेवा सुरु गरेको बैंकले बताएको छ ।