काठमाडौं । साओमीले नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले ८ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको नयाँ भेरियन्ट उपलब्ध गराएको हो ।
६.४३ इन्चको फूल एचडी प्लस एमोलेड स्क्रिन भएको यस फोनमा ८० हर्जको टच स्याम्पलिङ रेट छ । यस्तै पाँच हजार एमएएचको ब्याट्री र ३३ वाटको चार्जर पनि छ ।
यसको प्रोसेसरको कुरा गर्दा हेलियो जी९५ चिपसेट छ, जसमा एन्ड्रोइड ११ आधारित एमआईयूआई १२.५ प्रयोग भएको छ ।
क्यामेराको कुरा गर्दा यसमा १३ मेगापिक्सलको सेल्फी शुटर र क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सलको प्राइमेरी, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ को डेप्थ सेन्सर छ ।
नोट १० एसमा स्टेरियो स्पिकर र साइड माउन्टेड फिङ्गरप्रिन्ट अथेन्टिकेसन पनि छ ।
नेपाली बजारमा यो भेरियन्ट मूल्य २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।