close

स्वत: ट्वीट हराउने समस्याको समाधान

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १६:३७

स्वत: ट्वीट हराउने समस्याको समाधान

काठमाडौं । कहिलेकाहिँ ट्वीटरमा कुनै ट्वीट पढिरहेको बेला झुक्किएर अथवा स्वत: फिड रिफ्रेस हुँदा आफूले पढिरहेको ट्वीट नै हराएको अनुभव तपाईंको पनि होला । त्यो ट्वीटलाई फेरि खोजेर पढ्नुपर्ने हुन्छ ।

यसले गर्दा कहिलेकाहिँ महत्त्वपूर्ण कुरा पनि छुट्नसक्छ । यो तपाईं हाम्रोमात्र समस्या होइन, विश्वभरका प्रयोगकर्तालाई यो समस्या छ ।

हालै ट्वीटरले यो समस्यालाई सम्बोधन गर्दै नयाँ अपडेट जारी गरेको छ । यो नयाँ अपडेटसँगै अब तपाईंले वेबमा पढिरहनुभएको ट्वीट केही गरी पनि हराउने छैन । तपाईं आफैंले ट्वीटरको टाइमलाइन रिफ्रेस नगरेसम्म त्यो रिफ्रेस हुने छैन ।

ट्वीटरले आफ्नो ट्वीटर सपोर्ट ह्यान्डलमार्फत यो नयाँ अपडेटबारे जानकारी दिएको छ । योसँगै अब ट्वीटरको टाइमलाइन नयाँ ट्विटहरू आउँदा स्वत: रिफ्रेस हुनेछैन र तपाईंले आरामले ट्वीटहरू पढ्न सक्नुहुन्छ ।

धेरै प्रयोगकर्ताबाट यो विषयमा गुनासो आउन थालेपछि गत सेप्टेम्बर महिनामा ट्वीटरले यो समस्यालाई छिट्टै सम्बोधन गर्ने बताएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३