close

अडियोबुक कम्पनी खरिद गर्ने तयारीमा स्पोटिफाई

टेकपाना टेकपाना

मंसिर १, २०७८ ८:३०

अडियोबुक कम्पनी खरिद गर्ने तयारीमा स्पोटिफाई

काठमाडौं । स्पोटिफाईले छिट्टै नै अडियोबुक सेवा तथा वितरण कम्पनी ‘फाइन्डअवे’ खरिद गर्ने घोषणा गरेको छ । फाइन्डअवेले अडियोबुक वितरणसँगै अन्य व्यवसायहरू पनि गर्छ ।

यस कम्पनीले लेखकहरूलाई वाचकसँग भेटाइदिने काम पनि गर्दछ, जुन स्पोटिफाईका लागि भने राम्रो कमाइको अवसर हुनसक्छ । योसँगै स्पोटिफाई व्यवसायिक रुपमा किताब बिक्रेता र अडियोबुकको प्रकाशक पनि हुनेछ ।

फाइन्डअवेले लेखकको राजस्व बाँड्ने हुँदा स्पोटिफाईलाई यो खरिद आम्दानीको लागि राम्रो स्रोत बन्न सक्छ ।

यो खरिदपश्चात स्पोटिफाईमा अडियोबुकको फरक क्याटेगोरी बनाएर राख्ने कम्पनीको योजना छ । यो प्लेटफर्ममा प्रयोगकर्ता आफैंले आफ्नो अडियोबुक बनाएर सार्वजनिक गर्न सक्नेछन् ।

सहकार्यको लागि सहमति भइसकेका कम्पनीहरूले कन्टेन्ट दिन सुरु गरेपछि स्पोटिफाई एपमा सन् २०२२ सम्ममा थप अडियोबुकहरू आउने बताइएको छ ।

सुरुवाती चरणमा अडियोबुकको लागि स्पोटिफाईले ‘स्टोरीटेल’ भन्ने अडियोबुक स्ट्रिमिङ एपसँग सहकार्य गर्दैछ । यी बाहेक कम्पनीले स्पोटिफाईमा अडियोबुकका लागि बनाएको नयाँ रणनीतिको बारेमा भने सार्वजनिक रुपमा केही भनिसकेको छैन ।

कति रकममा सो कम्पनी खरिद गर्न लागेको भन्ने कुरा पनि स्पोटिफाईले बाहिर ल्याएको छैन । अडियोबुकका लागि स्पोटिफाईको यो नै पहिलो कदम भने होइन ।

योभन्दा अगाडि पनि स्पोटिफाईले क्लासिक किताबहरूको अडियो संस्करण बनाउनका लागि विभिन्न युट्युवर तथा सेलिब्रेटीसँग सहकार्य गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३