close

८.६ के फुल फ्रेम सेन्सरसहित साेनीकाे नयाँ क्यामेरा सार्वजनिक

टेकपाना टेकपाना

मंसिर १, २०७८ २१:९

८.६ के फुल फ्रेम सेन्सरसहित साेनीकाे नयाँ क्यामेरा सार्वजनिक

काठमाडौं । जापानी कम्पनी सोनीले उच्च गुणस्तरीय भिडियोग्राफीका लागि ८.६ के (8.6K) फुल फ्रेम प्रोफेसनल सिनेमा क्यामेरा ‘सिनेअल्टा भेनस २’ (Venice 2) सार्वजनिक गरेको छ ।

‘भेनस २’ सोनीकै भेनस सिनेमा क्यामेराको अपडेट गरिएको भर्सन हो, जसले सिनेमाटोग्राफरलाई नयाँ फिचरसहित थप सुविधा दिने कम्पनीले जनाएको छ ।

भेनस २ का धेरैजसो फिचरहरू ओरिजिनल भेनसकै जस्तो भएपनि यसको मुख्य उपलब्ध विशेषता भनेको ८.६ के सेन्सर हो ।

ओरिजिनल सिनेअल्टा भेनस सन् २०१६ मा सार्वजनिक भएका कारण पनि यसमा नयाँ अपडेटको आवश्यकता थियो । यही कुरालाई सम्बोधन गर्दै उच्च गुणस्तरको फोटो र भिडिओको प्रतिबद्धतासहित कम्पनीले भेनस २ सार्वजनिक गरेको छ ।

८००/३२०० को डुअल बेस आईएसओ उपलब्ध यो क्यामेराले फुल फ्रेम, फुल फ्रेम अनामोर्फिक र सुपर ३५ एमएममा फोरके रेजोलुसनको भिडिओ खिच्न सक्छ ।

झट्ट हेर्दा भेनस २ ओरिजिनल भेनसजस्तै देखिएपनि यो ओरिजिनल भेनसभन्दा ४४ एमएम सानो र हलुका छ ।

त्यस्तै क्यामेरामा ८.६ के (8.6K) र ६ के (6K) गरी दुईवटा सेन्सरको विकल्प उपलब्ध छ ।

यसको सबैभन्दा राम्रो पक्ष भनेको प्रयोगकर्ताले यसमा फोरके फुटेजका लागि एक्सटर्नल एएक्सएस-आर सेभेन रेकर्ड प्रयोग गर्नुपर्दैन ।

प्रयोगकर्ताले भिडिओग्राफीका लागि फोरके लुक अप टेबल (एलयूटी) फिचर प्रयोग गर्न सक्नेछन् ।

यो क्यामेराको अर्को विशेषता भनेको यसको उत्पादनका लागि कम्पनीले विभिन्न अनुभवी सिनेमेटोग्राफरहरूसँग सहकार्य गरेको थियो ।

सन् २०२२ देखि यो क्यामेरा बजारमा उपलब्ध हुने कम्पनीले बताएपनि यसको मूल्यको विषयमा अहिले नै खुलाएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३