close

इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्न भिडिओ सेल्फी चाहिने

टेकपाना टेकपाना

मंसिर १, २०७८ १९:४९

इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्न भिडिओ सेल्फी चाहिने

काठमाडौं । यदि तपाईं आफ्नो इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्ने सोचमा हुनुहुन्छ भने भेरिफिकेसनका लागि इन्स्टाग्रामले तपाईंको भिडिओ सेल्फी माग्न सक्छ ।

समाजिक सञ्जाल परमर्शदाता म्याट नभराले आफ्नो ट्वीटमार्फत इन्स्टाग्रामको यो नयाँ नियम बाहिर ल्याएका हुन् । यसर्थ अब तपाईंले आफ्नो इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्न अन्य प्रक्रियासँगै विभिन्न एंगलमा आफ्नो भिडिओ पनि पठाउनुपर्नेछ ।

सामाजिक सञ्जालमा धेरै फेक अकाउन्टमार्फत स्पाम म्यासेज पठाउने, दुर्व्यवहार गर्नेजस्ता कामहरू भइरहेका कारण फेक अकाउन्टहरूलाई निरुत्साहित गर्ने मेटाले यो नयाँ व्यवस्था गर्न लागेकाे चर्चा गरिएकाे छ ।

दि भर्जसँगको कुराकानीमा एक्सडीए डेभलपरले बताएअनुसार गत वर्षदेखि नै कम्पनीले यो फिचरको परीक्षण गर्न सुरु गरेको थियो । यो बीचमा धेरै प्रयोगकर्ताले भेरिफाई गर्न इन्स्टाग्रामले भिडिओ सेल्फी मागेको कुरा आइरहेको थियो ।

यो फिचर अहिले पनि परीक्षणकै क्रममा छ । अथवा यो बाहिर आइसक्यो भन्ने विषयमा भने अन्यौलता नै छ ।

यो विषयमा मेटाले भने कुनै आधिकारिक अभिव्यक्ति दिएको छैन । म्याटको ट्वीटलाई रिट्वीट गर्दै इन्सटाग्रामले भने कम्पनीले कुनै पनि प्रकारको फेसियल रिकग्निसन प्रयोग नगर्ने र कुनै पनि प्रकारको भिडिओ सेल्फी पनि प्रयोग नगरेको बताएको छ ।

यद्यपि शंकास्पद प्रयोगकर्ताहरूको अकाउन्ट भेरिफाई गर्नका लागि भने एक वर्षअगाडि नै भिडिओ सेल्फीको सुरुवात गरेको इन्स्टाग्रामले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३