काठमाडौं । नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल अभियान प्रवर्द्धन गर्दै आइतबारका लागि १२.१२ सेल घोषणा गरेको छ । ग्यापुले विभिन्न १२ ब्राण्डसँगको सहकार्यमा आकर्षक अफरसहित १२.१२ सेल ल्याएको हो ।
यसअन्तर्गत गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ती हात्ती, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पञ्बुद्ध हस्तकला, मयुर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२.१२ सेलमा जोडिएका छन् ।
हिमालय बैंकका कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम पाँच सय रूपैयाँ), फोन पे प्रयोगकर्ताले ‘PHONEPAY1212’ कोड प्रयोग गरी तत्काल नगद दुई सय रूपैयाँ छुट, प्रभु पे प्रयोगकर्ताले ‘PRABHUPAY1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय रूपैयाँ छुट, ईसेवा प्रयोगकर्ताले ‘ESEWA1212’ कोड प्रयोग गरी तत्काल नगद २ सय रूपैयाँ छुट, र खल्ती प्रयोगकर्ताले २० प्रतिशत (अधिकतम एक सय ५० रूपैयाँ) छुट प्राप्त गर्नसक्ने बताइएको छ ।
ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत् अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डमार्फत शपिङ गर्ने सुविधासमेत उपलब्ध छ । साथै, ग्राहकले डेलिभरीको समयमा नगदसमेत दिन सक्छन् ।