पीएमजीसी २०२१ : दोस्रो सुपर विकेन्डमा कस्तो रह्यो नेपाली पब्जी टिमको प्रदर्शन ?
मंसिर २७, २०७८ १४:१२
काठमाडौं । जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ अन्तर्गत दुईवटा सुपरविकेन्डका खेल सम्पन्न भएका छन् । योसँगै पीएमजीसी २०२१ को अहिलेसम्मको ओभरअल र्याङ्किङ बाहिरिएको छ ।
यो र्याङकिङमा नेपाली टिम डीआरएस गेमिङ २१८ पोइन्टसहित सातौं स्थानमा रहन सफल भएको छ । डीआरएसले दोस्रो विकेन्डमा राम्रो अंक बटुल्न नसक्दा २१८ पोइन्टमा चित्त बुझाएको हो ।
पहिलो सुपरविकेन्डमा १३४ पोइन्टसहित डीआरएस गेमिङ पहिलो सुपर विकेन्डमा तेस्रो स्थानमा रहेको थियो । यद्यपि दोस्रो सुपरविकेन्डमा पोइन्ट घटेर डीआरएस गेमिङले ८४ पोइन्टमात्र पाएको छ ।
सम्पन्न भएको दुई सुपर विकेन्डमा प्राप्त पोइन्टको आधारमा कूल २१८ पोइन्ट सहित डीआरएस पीएमजीसीको ओभरअल र्याङकिङमा सातौं स्थानमा रहेको छ ।

नेपालकै अर्को टोली डेडआइज गाइज भने १५ औँ स्थानमा रहेको छ । डेडआइज गाइजले दोस्रो सुपरविकेन्डमा खेल्न नपाउँदा पहिलो सुपर विकेन्डमै प्राप्त १२२ पोइन्टको आधारमा यो टोली ओभरअल र्याङकिङमा १५औँ स्थानमा रहेको हो ।
विक डेको खेलबाट छनोट हुन नसक्दा डेडआइज गाइजले दोस्रो हप्ताको सुपरविकेन्ड खेल्न नपाएको हो । पहिलो सुपर विकेन्डमा भने डेडआइज गाइज नवौं स्थानमा रहेको थियो ।
यद्यपि ओभरअल र्याङकिङको उत्कृष्ट १६ मा अटाउनु नै डेडआइज गाइजको लागि महत्त्वपूर्ण कुरा भएको छ । ओभरअल र्याकिङमा पहिलो स्थानमा थाइल्याण्डको ‘दि इन्फिनिटी’, दोस्रो स्थानमा इन्डोनेसियाको ‘जेनेसिस डोग्मा’ र तेस्रो स्थानमा मलेसियाको ‘फोर राइभल्स’ रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
