काठमाडौं । एनएमबि बैंकले भिडिओ कलमार्फत बैंक खाता खोल्न सकिने गरी नयाँ डिजिटल सेवा सुरू गरेको छ । यसबाट सेवाग्राहीले अनलाइनबाटै केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २५ सय रूपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकले भिडिओ केवाईसी, एक भिडिओ कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमा रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ ।
डिजिटल बैंकिङ सेवामा अग्रसर यस बैंकले केही समयअघि मात्र भीकेवाईसी सेवा ल्याएको थियो । भीकेवाईसीका लागि यहाँ क्लिक गर्नुहोस् ।
‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्दछन्,’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।