काठमाडाैं । इन्स्टाग्रामबाट २४ घण्टाभित्र डिलिट गरिएको पोस्ट वा स्टोरी रिकभर गर्न सकिने भएको छ । साथै डिलिट गरिएको ३० दिन ननाघेका अर्काइभ स्टोरी र पर्मानेन्ट पोस्ट पनि रिकभर गर्न सकिन्छ ।
इन्स्टाग्रामले यस अन्तर्गत ‘Recently Deleted’ भन्ने अप्सन थप गरेको छ, जसमा तपाईंले विगत ३० दिनदेखि डिलिट गरेका पोस्ट पाउनुहुनेछ ।
यो ३० दिनभित्र तपाईंले ती पोस्ट रिकभर गर्ने वा सधैंका लागि डिलिट गर्न पाउनुहुन्छ । सबै एपबाट फोटो, भिडिओ, IGTV भिडिओ, रिल, स्टोरी डिलिट गरेपछि ‘Recently Deleted’ फाेल्डरमा गएर बस्छ, जसलाई तपाईंले पछि रिकभर गर्न सक्नुहुन्छ ।
यसका लागि:
-पहिले इन्स्टाग्राम खोल्नुहोस्
-प्रोफाइलमा ट्याप गर्नुहोस्
-सेटिङमा जानुहोस् ।
-अकाउन्टमा जानुहोस् ।
-Recently Deleted अप्सनमा जानुहोस् । यसमा तपाइले डिलिट गरेका कन्टेन्ट देखाउँछ ।
-रिकभर गर्न चाहेको पोस्टलाइ ट्याप गर्नुहोस्।
-पोस्ट स्थायी रूपमा डिलिट गर्ने वा पुन: रिकभर गर्ने चयन गर्नुहोस् । पोस्ट रिस्टोर गर्न रिकभरमा क्लिक गर्नुहोस् ।
यसरी तपाईंले आफूले डिलिट गरेका कन्टेन्ट इन्स्टाग्रामबाट रिकभर वा स्थायी रुपमा डिलिट गर्न सक्नुहुन्छ ।