close

गुगल ट्रान्सलेटबाट यसरी गर्नुहोस् माइक्रोसफ्ट डकुमेन्टको ट्रान्स्लेसन

टेकपाना टेकपाना

पुस २३, २०७८ ८:४८

गुगल ट्रान्सलेटबाट यसरी गर्नुहोस् माइक्रोसफ्ट डकुमेन्टको ट्रान्स्लेसन

काठमाडौं । हिजोआज गुगल ट्रान्सलेसन भाषा अनुवाद गर्ने सजिलो माध्यम बनेको छ । वेभसाइटदेखि मोबाइलसम्म प्रयोग गर्न मिल्ने यो एप्मार्फत तपाईंले आफूसँग डकुमेन्टलाई पनि अनलाइन मार्तफ आफूले चाहेको भाषामा अनुवाद गर्न सक्नुहुन्छ । 

गुगल ट्रान्सलेट वेभपेजले वर्ड,एक्स र पावरपोइन्ट फाइलहरु पनि सपोर्ट गर्छ । आफूले चाहेको भाषालाई र स्रोत  छनोट गरेपछि यसले अनुवाद गरिन्छ । 

आउनुहोस् गुगल ट्रान्सलेटबाट वर्ड फाइललाई कसरी अनुवाद गर्न सकिन्छ भन्नेबारे हामी तपाईंलाइ सिकाउनेछौंः

तपाईंको ब्राउजरमा गएर गुगल ट्रान्सलेट वेबपेज खोल्नुहोस् । त्यहाँ अहिलेको वर्तमान स्रोत र अनुवाद गर्न चाहेको भाषाहरूमा क्लिक गर्नुहोस् । भाषाको पूरा छनोटका लागि छेऊमा रहेको एरो थिचेर पनि हेर्न सक्नुहुनेछ । 

डकुमेन्ट बटनमा क्लिक गर्नुहोस् र त्यसपछि तपाइँको कम्प्युटर ब्राउजको लागि विकल्प चयन गर्नुहोस् । तपाईंले .doc, .docx, .odf, .pdf, .ppt, .pptx, .ps, .rtf, .txt, .xls र .xlsx लगायत Microsoft Office का विभिन्न प्रकारका फाइलहरु छनोट गर्न सक्नुहुन्छ । 

तपाईंले अनुवाद गर्न चाहनुभएको वर्ड फाइल चयन गर्नुहोस् । त्यसपछि ट्रान्सलेट बटन क्लिक गर्नुहोस्।

ट्रान्सलेट गरेको भर्सन तपाईको वेबपेजमा देखिन्छ । ट्रान्सलेट भएको भाषालाई पहिलाको मुख्य फाइलसँग तुलना गर्न, प्रत्येक अनुच्छेदमा आफ्नो माउस होभर गर्दै चेक गर्न सक्नुहुनेछ । 

यदि तपाईंको अनुवाद भएको भाषासँग सन्तुष्ट हुनुहुन्छ र अनुवादमा केही त्रुटिहरू भएको महसुस गर्नुभयो भने अझ राम्रो अनुवादमा योगदान गर्न सक्नुहुनेछ । त्यसपछि तपाईंले अनुवादमा गलत भएका शब्दहरु ठीक गर्न सक्नुहुन्छ ।

अर्को फाइल अनुवाद गर्न, गुगल अनुवाद साइटमा फर्कन ब्याक एरोलाई क्लिक गर्नुहोस् । एउटा फरक फाइल वा एक्सेल स्प्रेडसिट चयन गर्न कम्प्युटरको ब्राउज बटनमा क्लिक गर्नुहोस् । त्यसपछि ट्रान्सलेट बटन क्लिक गर्नुहोस् । ट्रान्सलेट भएको स्प्रेडसिट देखिन्छ । फेरि,  मूल पाठ हेर्न कुनै पनि अनुवादित अनुच्छेदमा होभर गर्नुहोस् ।

पावरप्वाइन्ट अनुवाद गर्न पनि यही उपायहरु अवलम्बन गर्न सक्नुहुनेछ । गुगल ट्रान्सलेट साइटमा खोल्ने, ट्रान्सलेट बटन क्लिक गरेपछि फाइलबाट पाठ अनुवादित भाषामा देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५