close

मदरबोर्डमा समस्या देखिएपछि डेस्कटप फिर्ता लिँदै असुस

टेकपाना टेकपाना

पुस २३, २०७८ १०:२५

मदरबोर्डमा समस्या देखिएपछि डेस्कटप फिर्ता लिँदै असुस

काठमाडौं । असुसका केही प्रयोगकर्ताहरूले ल्यापटपको मदरबोर्डबाट धुवाँ आएको र मदरबोर्ड पग्लिएको गुनासो गरेपछि कम्पनीले बजारबाट ल्यापटप फिर्ता लिन थालेको छ । 

सामाजिक सञ्जालमा असुसको जेड६९० हिरो मोडेलको मदरबोर्ड पग्लिएको र धुवाँ आएको रिपोर्टहरू पोस्ट भएका थिए । केही सीमित उत्पादनहरूमा मात्र यो समस्या भएको हुनसक्ने असुसले प्रतिक्रिया दिएको छ । 

जेड६९० हिरो गेमिङ डेस्कटपहरूमा प्रयोग गरिने महँगो मदरबोर्ड हो । यो मदरबोर्ड भएको डेस्कटप प्रयोग गर्ने केही प्रयोगकर्ताको स्क्रिनमा वार्निङ कोड आएको तथा केही प्रयोगकर्ताले भने मदरबोर्ड जलेको गन्ध आएको रिपोर्ट गरेका छन् । 

यो विषयलाई सम्बोधन गर्दै असुसले २०२१ का केही सीमित उत्पादनहरूमा यस्तो समस्या भएको हुनसक्ने बताउँदै उक्त उत्पादनहरू फिर्ता लिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५