close

सामसङ ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ को उपाधी सेलेस्टेललाई

टेकपाना टेकपाना

पुस १३, २०७६ ११:५८

सामसङ ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ को उपाधी सेलेस्टेललाई

सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधी सेलेस्टेलले हात पारेको छ । उत्कृष्ट १० प्रतिष्पर्धी समूहलाई पछि पार्दै उक्त टिमले उपाधी जितेको हो ।

करीब २०० प्रतिष्पर्धीले भाग लिएको प्रतिस्पर्धामा १० प्रतियोगी समूह अन्तिम राउण्डका लागि छानिएका थिए । काठमाडौंको गैरीधारामा रहेको सिल्भर ओक ब्याङ्वेट एन्ड इभेन्ट सेन्टरमा शनिबार सम्पन्न कोरियन म्युजिक डान्समा सहभागि समूहले के पप गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । डान्स प्रश्तुत गर्नेहरु मध्येवाट प्रतिष्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।

प्रतियोगितामा थ्रीएपीएम दोस्रो र क्रिडो इन क्रु तेश्रो भएका छन् । विजेता मध्ये प्रथम हुने टिमले चार सेट सामसङ ए एट्टी स्मार्टफोन, द्वितीय हुनेले सामसङ ए फिफ्टीएस र तृतीय हुनेले सामसङ एथर्टीएस स्मार्टफोन प्राप्त गरेका छन् । के पप कोरियनपप अर्थात दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीतको विधा हो । पछिल्लो समय नेपालमा यो संगीत विधाका पारखीहरु बढ्दै गएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१