close

रियलमीको फ्ल्यागशिप सिरिज जीटी २ प्रो सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

पुस २५, २०७८ ११:२६

रियलमीको फ्ल्यागशिप सिरिज जीटी २ प्रो सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । रियलमीले सस्तो मूल्यको फ्ल्यागशिप स्मार्टफोनका रुपमा आफ्नो पहिलो जीटी सरिजको स्मार्टफोन सन् २०२१ को मध्यतिर सार्वजनिक गरेको थियो । त्यसयता हामीले ‘अपर मिड रेन्ज’मा  त्यसको थप भेरियन्टको रुपमा जीटी नियो सिरिज पनि देख्यौँ ।

यसै क्रममा कम्पनीले पछिल्लो पटक नयाँ मोडेलको रुपमा ‘जीटी टु’ र जीटी टु प्रो’ बजारमा ल्याएको छ । प्रो मोडेललाई यसअघि नै ब्रान्डको प्रिमियम फ्ल्यागशिपको रुपमा प्रस्तुत गरिएको थियो ।

फोनका मुख्य स्पेसिफिकेसन हेर्ने हो भने यो फोनले हाई-इन्ड एक्सपिरियन्स दिने विश्वास गर्न सकिन्छ । फोनमा स्न्यापड्रागन ८ जेन वान एसओसी, ६.७ एसओसी, ६.७ इन्च क्यूएचडी प्लस, १२० हर्ज ओएलईडी स्क्रिन, ३२१६x१४४० रेजोलुसन र ६५ वाट फास्ट चार्जिङसहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

फोटोग्राफीको कुरा गर्ने हो भने मोबाइलमा अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ५० मेगापिक्सेलको आईएमएक्स ७६६ मेन क्यामेरा, ५० मेगापिक्सेलकै अल्ट्रावाइड क्यामेरा (सामसङ जेएन वान) र ४०X माइक्रोलेन्स गरी तीन ओटा क्यामेरा छन् ।

बजारमा रहेका अन्य स्मार्टफोनमा रहेको अल्ट्रावाइड क्यामेराभन्दा उल्लेखनीय रुपमा फराकिलो रहेको १५०-डिग्री फिल्ड-अफ-भ्यु रहेकाले ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेराले धेरैलाई प्रभावित पार्न सक्छ ।

यसमा रहेको फिशआई मोडले गर्दा प्रयोगकर्ताले एक्सन क्याम-स्टाइल फुटेज समेत शुट गर्न सक्छन् । फोनको क्यामेराको थप चर्चा गर्ने हो भने यसमा राखिएको ३ मेगापिक्सेलको माइक्रोलेन्सले ओप्पो फाइन्ड एक्स ३ प्रो ३ मेगापिक्सेल क्यामेराले जस्तै काम गर्ने अपेक्षा राख्न सकिन्छ । जसबाट माइक्रोस्कोप-स्टाइल शट समेत लिन सकिन्छ ।

यद्यपि टेलिफोटो तथा पेरिस्कोप क्यामेरा भने फोनमा छैन । जसले गर्दा डिजिटल जुमकै भर पर्नुपर्ने र खिचिएका तस्वीरलाई सफ्टवेयरमार्फत नै जुम गरेर चित्त बुझाउनुपर्ने देखिन्छ । त्यस्तै फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, स्टेरियो स्पिकर, सुधारिएको एन्टेना एर्रे, एनएफसी रेन्ज र एन्ड्रोइड १२ मा थप गरिएको रियलमी यूआई ३.० राखिएको छ ।

प्रो मोडेल पेपर ह्वाइट, पेपर ग्रिन, स्टिल ब्ल्याक र टाइटनियम ब्लू कलरमा उपलब्ध हुनेछ । कति पर्छ मूल्य ? हाललाई यो फोन चीनमा मात्रै उपलब्ध छ । विश्व बजारमा कहिलेसम्म आउँछ भन्ने स्पष्ट जानकारी भने आइसकेको छैन ।

यद्यपि चिनियाँ बजारमा फोनसँगै त्यसको मूल्यसमेत तय भइसकेकाे छ । रियलमी जीटी टुको मूल्य २५९९ युआन (अनुमानित ४८ हजार रूपैयाँ) बाट सुरु हुन्छ र प्रो मोडेलका लागि ३६९९ युआन (अनुमानित साढे ६६ हजार रूपैयाँ) राखिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५