close

अब ‘खल्ती’बाटै काठमाडौं महानगरपालिकाको राजश्व तिर्न सकिने

टेकपाना टेकपाना

माघ २८, २०७८ १७:५३

अब ‘खल्ती’बाटै काठमाडौं महानगरपालिकाको राजश्व तिर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौं महानगरपालिकाको कर तिर्न सकिने सुविधा सुरु गरेको छ । यससँगै अब उपमहानगरवासीले जग्गा, घर, भाडा, सवारी साधन, व्यवसायको कर ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क  अनलाइनमार्फत भुक्तानी गर्न पाउँदा स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे । महानगरको कर तथा राजस्व भुक्तानी गर्नका लागि करदाताले यहाँ क्लिक गरी आवश्यक विवरण भरेर करदाता पोर्टलबाट आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

दर्ता भइसकेपछि आफ्नो आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्ने हुन्छ । करदाता पोर्टलमा लग इन गरेपश्चात् करदाताको विवरण प्राप्त हुन्छ ।

आफूले तिर्ने करको विकल्प छनौट गरेपछि कर मल्याङ्कन हुन्छ । यसरी भरेको सम्पूर्ण विवरण सही छ भने भुक्तानीका विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२