close

के तपाईँसँग पुरानो स्मार्टफोन छ ? यस्तो छ सीसीटिभीको रुपमा प्रयोग गर्ने तरिका

टेकपाना टेकपाना

माघ २८, २०७८ १९:१४

के तपाईँसँग पुरानो स्मार्टफोन छ ? यस्तो छ सीसीटिभीको रुपमा प्रयोग गर्ने तरिका

काठमाडौं । धेरैजसो व्यक्तिहरूसँग कम्तिमा एउटा पुरानो स्मार्टफोन हुन्छ । तपाईँको पनि घरको दराज वा कोठाको कुनै कुनामा पुरानो स्मार्टफोन धुलोले छोपिएको हुनसक्छ ।

यदि तपाईँको पुरानो स्मार्टफोन अन हुन्छ भने घरमा थुप्रै कामका लागि त्यसको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि बेबी मनिटरदेखि गुगल होम स्पिकरको रुपमा त्यसको उपयोग हुन सक्छ ।

यसमा सबैभन्दा उपयुक्त तरिका भनेको पुरानो स्मार्टफोनलाई होम सेक्युरिटी क्यामेरा अर्थात सीसी क्यामेराको रुपमा उपयोग हो । यसरी तपाईँ सीसीटिभी क्यामेरा खरिद गर्दा खर्च हुने थुप्रै रकम जोगाउन सक्नुहुन्छ । 

पुरानो स्मार्टफोनलाई कसरी बनाउने सीसी क्यामेरा ? 

यसका लागि सबैभन्दा पहिला तपाईँले आफ्नो पुरानो फोनमा सेक्युरिटी क्यामेरा एप डाउनलोड गर्नुपर्ने हुन् । धेरैजसो एपले लोकल स्ट्रिमिङ, क्लाउड स्ट्रिमिङ, रेकर्डिङ, लोकल तथा रिमोट तरिकाबाट फुटेज स्टोर र मोसन डिटेक्सन तथा अलर्ट लगायतका समान किसिमको फिचर उपलब्ध गराउँछन् ।

एकपटक सेटअप गरिसकेपछि तपा२ँले आफ्नो बसोबास वरपरीको ठाउँ निगरानी गर्न तथा आफ्नो सेक्युरिटी क्यामेरा जुनसुकै स्थानमा रहेर नयाँ स्मार्टफोनबाट नियन्त्रण गर्न सक्नुहुन्छ । थुप्रै एपहरू मध्ये एउटा राम्रो सेक्युरिटी क्यामेरा एप अल्फ्रेड हो ।

क्रस-प्लेटफर्मको रुपमा रहेको यो एपका लागि तपाईँको पुरानो स्मार्टफोन एन्ड्रोइड होस् कि आईओएस, कुनै फरक पर्दैन । त्यसैगरी नयाँ स्मार्टफोनको हकमा पनि त्यही नियम लागू हुन्छ ।

अल्फ्रेड निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ र यसले तपाईँलाई लाइभ फिडको रिमोट भ्यु, मोसन डिटेक्सन अलर्ट, निःशुल्क क्लाउड स्टोरेज, दोहोरो अडियो फिड तथा फ्रन्ट र मेन दुवै क्यामेरा प्रयोगको सुविधा दिन्छ ।

हाई रेजोलुसन भ्युइङ, रेकर्डिङ, जुम, विज्ञापन हटाउने र ३० दिनको क्लाउड स्टोरेज आदि जस्ता अतिरिक्त फिचरका लागि भने तपाईँ अल्फ्रेडको प्रिमियममा अपग्रेड हुनुपर्छ । 

इन्स्टल गर्ने तरिका

१. सुरुमा आफ्नो पुरानो र नयाँ दुवै स्मार्टफोनमा अल्फ्रेड एप डाउनलोड गर्नुहोस् ।

२. नयाँ फोनमा इन्ट्रोडक्सन हुँदै स्वाइप गर्नुहोस् र स्टार्टमा थिच्नुहोस् । त्यसपछि भ्यूअर छनौट गरेर नेक्स्टमा दबाउनुहोस् ।

३. साइनइन पेजमा पुगेपछि गुगल अकाउन्टमार्फत साइन इन गर्नुहोस् ।

४. त्यसैगरी पुरानो स्मार्टफोनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउनुहोस् । भ्युअरको साटो क्यामेरा छनौट गर्नुहोस् । 

एकपटक दुवै फोनमा अल्फ्रेडमा साइन इन गरेपछि साधारण किसिमको युजर इन्टरफेस देख्न सक्नुहुनेछ । यसमा थोरै मात्र सेटिङ छन् ।

आईओएसमा मोसन डिटक्सन मात्रै इनेबल गर्न सकिन्छ, फ्रन्ट र रियर क्यामेरा छनौट गर्नुहोस् र अडियो इनेबल अथवा डिसेबल गर्नुहोस् । यदि तपाईँ एन्ड्रोइड डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँले त्यसबाहेक कन्टिन्युअस फोकस फिचर समेत पाउन सक्नुहुन्छ ।

फोन रिबुट हुँदा स्वतः अल्फ्रेड आफै खुल्छ । सेजोलुसन सेट गर्नुहोस् र पासकोड लक इनेबल गर्नुहोस् । नयाँ स्मार्टफोनबाट तपाईँले नोटिफिकेसन अन अथवा अफ, क्यामेरा सेटिङ र भ्युअरको नाम, अन्य विश्वासिला व्यक्तिलाई ट्रस्ट सर्किलमा थप गर्ने (जसले तपाईँको भिडिओ फिडमा पहुँच पाउनेछन्), क्यामेरा हटाउने, क्यामेरा कति पटक डिसकनेक्ट गर्ने, मोसन डिटेक्सन सेन्सिटिभिटी सेटिङ र क्यामेरामा लो लाइट फिल्टर इनेबल आदि जस्ता थप केही सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।

तर यो कामका लागि अल्फ्रेड एक मात्र विकल्प भने होइन । मेनिथिङ, सालेन्ट आई र प्रिजेन्स समेत धेरैको रोजाईमा पर्ने सेक्युरिटी क्यामेरा एपहरू हुन् । थप फिचर चाहनुहुन्छ भने सर्वसुलभ मूल्यमै प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी आईपी वेबक्याम समेत एउटा लोकप्रिय सेक्युरिटी क्यामेरा एप हो, जुन एन्ड्रोइडका लागि मात्र उपलब्ध छ । 

सीसीटिभी क्यामेराको रुपमा सेटअप गर्नुहोस्

स्ट्रिमिङ गर्न सकिने गरी सबै सेटिङ मिलाइसकेपछि अब क्यामेरालाई सेटअप गर्नुपर्ने हुन्छ । तपाईँ घरमा प्रवेश गर्ने मुख्य स्थान, घरको पछाडि भाग, मूल्यवान वस्तु राखिएको स्थान अथवा संवेदनशील स्थान मध्ये कुनै स्थानमा केन्द्रित गरेर पुरानो फोनलाई सीसीटिभी क्यामेराको रुपमा राख्न सक्नुहुन्छ ।

यदि तपाईँसँग पुराना थुप्रै फोनहरू छन् भने यसैगरी फराकिलो कभरेज हुनेगरि सेटअप गर्न सक्नुहुनेछ । 

कतै अड्याउनुहोस् र त्यसमा पावर दिनुहोस्ः 

क्यामेरालाई कतै अड्याउने अथवा माउन्ट गर्ने कार्यका लागि तपाईँले स्मार्टफोन ट्राइपोड प्रयोग गर्न सक्नुहुन्छ । क्यामेराले समेट्ने दृश्य फराकिलो पार्न फोनका लागि वाइड एङ्गल लेन्स समेत खरिद गर्न सक्नुहुन्छ ।

भिडिओ स्ट्रिमिङ गर्दा मोबाइलले धेरै ऊर्जा खपत गर्छ र यस्तोमा फोन सातै दिन २४ सै घन्टा अन हुनुपर्छ । त्यसैले केही घन्टामै फोनको चार्ज सकिएर अफ हुन नदिन त्यसमा चार्जरमार्फत पावर दिने प्रबन्ध मिलाउनुहोस् ।

यति गरिसकेपछि तपाईँले नयाँ स्मार्टफोनमा सेक्युरिटी क्यामेरा एपमा आफ्नो पुरानो स्मार्टफोनले समेटेको भिडिओ फुटेज हेर्न सक्नुहुन्छ । यसरी तपाईँले थप खर्च नगरिकनै आफ्नो घरलाई सुरक्षित पार्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२