close

अब खल्तीबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन १, २०७८ १५:२०

अब खल्तीबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

काठमाडौं । अब खानेपानीको भुक्तानी खल्ती डिजिटल वालेटबाट पनि गर्न मिल्ने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को १४औं वार्षिकाेत्सवको अवसरमा खल्तीसँग सहकार्य गरेर यो सुविधा आजदेखि सुरु गरिएको हो ।

डिजिटल वालेट ईसेवासँगै अब खल्ती प्रयोगकर्ताले पनि खानेपानीको भुक्तानी मोबाइल एपबाटै तिर्न सक्नेछन् ।

प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध गराउनु अत्यावश्यक भएको र यसले धेरै प्रयोगकर्तालाई लाभ हुने खल्तीका संस्थापक अमित अग्रवालले बताए ।

अबको एक हप्तासम्म यसको प्रभावकारिता हेरेर थप सुधार गर्दै लाने बताउँदै उनले ग्राहकका लागि छुट अफर पनि ल्याउने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२