काठमाडौं । सोओमीले केही दिन अघिमात्रै रेड्मी के सिरिज अन्तर्गत नयाँ गेमिङ स्मार्टफोन ‘के ५०जी’ सार्वजनिक गरेको थियो । यो स्मार्टफोनसँगै कम्पनीले उक्त कार्यक्रममा अर्को उत्पादनको रुपमा रेड्मी राउटर ‘एएक्स५४००’ पनि सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको यो राउटर कम्पनीको पहिलो गेमिङ राउटर हो ।
गेमिङ स्मार्टफोन सार्वजनिक गरेसँगै कम्पनीले त्यसलाई आवश्यक पर्ने राउटरको रुपमा एएक्स५४०० सार्वजनिक गरेको जनाएको छ । जसले प्रयोगकर्तालाई मोबाइल तथा कम्प्युटर दुवैमा गेमिङको नयाँ अनुभव प्रदान गर्ने जनाइएको छ ।
यो राउटरमा २.५ इथरनेट पोर्ट उपलब्ध गराइएको छ । जसमार्फत गेम खेल्दा डिभाइसमा फाइबारमार्फत सोझै कनेक्ट गर्न सकिनेछ । जसले जीबीपीएससम्मको स्पिडलाई सपोर्ट गर्ने बताइएको छ ।
राउटरलाई हेर्ने हो भने यसमा प्रयोग भएको आरजीबी लाइटले १६ लाख कलरको प्रतिनिधित्व गर्नेछ । वाई–फाई सिक्स सपोर्ट गर्ने यो राउटरले हाईब्रिड मेस नेटवर्क सपोर्ट गर्छ ।
यसको अर्थ यसले घरमा राखिएका धेरै राउटरको काम एक्लैले गर्नेछ । अर्थात यो एउटै राउटरले घरभित्र सबैतिर काम गर्नेछ । क्वालकम चिपसेटमा आधारित यो राउटरमा १.० गिगाहर्जको सीपीयू प्रयोग गरिएको छ ।