close

फाइभजी स्मार्टफोन सस्तो बनाउने चिपसेट सार्वजनिक

टेकपाना टेकपाना

फागुन १७, २०७८ १५:५४

फाइभजी स्मार्टफोन सस्तो बनाउने चिपसेट सार्वजनिक

काठमाडौं । मिडियाटेकको फ्ल्यागशिप डाइमेन्सिटी ९००० एसओसीले उपभोक्ताको हातमा पुग्ने बाटो बनाउन बाँकी नै छ । तर कम्पनीले यस अघि नै फाइभजी स्मार्टफोनका लागि थप दुई ओटा चिपसेट सार्वजनिक गरिसकेको छ ।

टीएसएमसीको ५ एनएम उत्पादन प्रक्रियामा तयार भएका डाइमेन्सिटी ८००० र डाइमेन्सिटी ८१०० का लागि  अक्टा-कोर सीपीयूको फिचरका साथै डाइमेन्सिटी ९०० बाट अन्य थुप्रै फिचर लिइएको छ । 

यसै अङ्ग्रेजी वर्षको पहिलो त्रैमासिकमा यो नयाँ चिपसेट रियलमी र साओमीका स्मार्टफोनहरूका साथ देखा पर्नेछ । जसले प्रयोगकर्तालाई तुलनात्मक रुपमा सर्वसुलभ मूल्यमा फ्ल्यागशिप स्तरको पर्फर्मेन्स दिनेछ ।

मिडियाटेक डाइमेन्सिटी ८०००

मिडियाटेक डाइमेन्सिटी ८००० का फिचरमा अक्टा-कोर सीपीयू, २.७५ गिगाहर्जसम्मका चार ओटा एआरएम कोर्टेक्स-ए७८ कोर र चार ओटा २.० गिगाहर्जसम्मको एआरएम कोर्टेक्स-ए५५ आदि रहेका छन् । गेमिङ र ग्राफिक्स सम्बन्धि कामका लागि एआरएम माली-जी६१० एमसी६ जीपीयू एसओसी प्याक दिइएको छ ।

यो जीपीयू फुल एचडी प्लस डिस्प्लेलाई १६८ हर्जसम्मको उच्चतम् रिफ्रेश रेटमा चल्न सक्छ । जसमा फोरके एभी१ मिडिया डिकोडिङ सपोर्ट समेत समावेश छ । तस्वीरका लागि डाइमेन्सिटी ८०० ले इमेजीक्यू आईएसपी राखिएको छ ।

जसले एकसाथ डुअल क्यामेरा एचडीआर भिडिओ रेकर्डिङ, २०० मेगापिक्सेल क्यामेरा सपोर्ट, एआई-मोसन अनब्लर, एआई-एनआर तथा एचडीआर फोटो र क्षति रहीत २एक्स जुमलाई सपोर्ट गर्न सक्छ । यसका साथै एसओसीमा मिडियाटेकको पाचौँ पुस्ताको एपीयू ५८० फिचर समेत रहेको छ ।

जुन पुरानो डाइमेन्सिटी चिपसेटमा हुने एपीयू तुलनामा २.५ गुणा फास्ट रहेको छ । यसले एआई क्यामेरा फिचरदेखि मल्टिमिडिया लगायतका थुप्रै प्रकारका एआई अनुभवका लागि सहयोग पुर्‍याउन सक्छ ।

कनेक्टिभिटीको कुरा गर्दा डाइमेन्सिटी ८००० ले ब्लुटुथ ५.३, वाई-फाई सिक्स ई २x२, डुअल-लिङ्क ट्रु वायरलेस स्टेरियो सपोर्ट, डेइडो ३-बी१सी सिग्नल सपोर्ट सहित ब्लुटुथ एलई अडियो, फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाई कनेक्टिभिटी फिचर सपोर्ट गर्ने ३जीपीपी-१६ फाइभजी मोडेम रहेको छ ।

यस बाहेकका फिचरमा ४.७ जीबीपीएससम्मको डाउनलिङ्क पर्फर्मेन्स र २सीसी क्यारियर एग्रिगेसन (२०० मेगाहर्ज) सपोर्ट रहेका छन् ।

मिडियाटेक डाइमेन्सिटी ८१००

मिडियाटेक डाइमेन्सिटी ८१०० डाइमेन्सिटी ८००० भन्दा थोरै माथि रहेको छ । यसमा पनि चार ओटा एआरएम कोर्टेक्स-ए७८ कोर फिचर सहित अक्टा-कोर सीपीयू र चार ओटा एआरएम कोर्टेक्स ए५५ कोर रहेका छन् ।

डाइमेन्सिटी ८१०० ले कोर्टेक्स-ए७८ फर्फर्मेन्स २.८५ गिगाहर्जसम्म विस्तार ग र्न सक्छ । अक्टा-कोर सीपीयू पनि माली-जी६१० एमसी६ जीपीयूको साथमा गाँसिएको छ ।

मिडियाटेकले डाइमेन्सिटी ८१०० ले डाइमेन्सिटी ८००० को तुलनामा गेमिङ पर्फर्मेन्सलाई २० प्रतिशत र पहिलेको डाइमेन्सिटी चिपको तुलनामा सीपीयू पावर इफिसेन्सी २५ प्रतिशतसम्म राम्रो हुने कम्पनीको दाबी छ । डाइमेन्सिटी ८१०० मा पनि समान इमेजीक्यू ७८० आईएसपी फिचर समेत रहेको छ ।

जसले एकसाथ एचडीआर भिडिओ रेकर्डिङ, २०० मेगापिक्सेल क्यामेरा सपोर्ट, फोरके, एचडीआर १० प्लस भिडिओ क्याप्चर, एआई मोसन अनब्लर तथा एचडीआर फोटो र क्षतिरहित दुई गुणा जुम प्रदान गर्दछ । डाइमेन्सिटी ८०० ले जस्तै डाइमेन्सिटी ८१०० फिचरमा मिडियाटेकको पाँचौ पुस्ताको एपीयू ५८० रहेको छ ।

तर डाइमेन्सिटी ८००० मा पाइने भन्दा यसमा २५ प्रतिशत फ्रिक्वेन्सी सुधारिएको छ । यसैगरी कनेक्टिभिटी फिचरको कुरा गर्दा डाइमेन्सिटी ८१०० मा फाइभजी डुअल सिम डिअल स्ट्यान्डबाई सपोर्ट सहित ३जीपीपी रिलिज-१६ फाइभजी मोडेम, ४.७ जीबीपीएस सम्मको डाउनलिङ्क, २सीसी क्यारियर एग्रिगेसन (२०० मेगाहर्ज) पनि यसमा पाउन सकिन्छ ।

अन्य कनेक्टिभिटी फिचरमा ब्लुटुथ ५.३, वाई-फाई सिक्स ई २x२, डुअल-लिङ्क ट्रु वायरलेस स्टेरियो सपोर्ट सहित ब्लुटुथ एलई अडियो र डोइडु ३-बी१सी सिग्नल सपोर्ट रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३