close

मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने विश्वको पहिलो चलचित्र बन्यो प्रभासको ‘राधे श्याम’ 

टेकपाना टेकपाना

फागुन २१, २०७८ २०:२४

मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने विश्वको पहिलो चलचित्र बन्यो प्रभासको ‘राधे श्याम’ 

काठमाडौं । दक्षिण भारतको चर्चित कलाकार प्रभास अभिनीत चलचित्र ‘राधे श्याम’ मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने पहिलो चलचित्र बनेको छ । निर्माता कम्पनीले आफ्नै अवतारहरू सिर्जना गरेर उक्त चलचित्रको ट्रेलर मेटाभर्समा सार्वजनिक गरेको हो ।  

मेटाभर्सको भविष्यलाई मध्यनजर गर्दै उक्त प्लेटफर्ममा आफ्नो ट्रेलर सार्वजनिक गरेर चलचित्रले भारतीय सिनेमामा चलचित्रहरूको लागि नयाँ बेन्चमार्क सिर्जना गरेको निर्माण पक्षको दाबी छ । ट्वीटरमा एक ट्वीट पोस्ट गर्दै निर्माण पक्षले मेटाभर्सको लिंक पनि शेयर गरेको छ । उक्त लिङ्कमा क्लिक गरेर दर्शकहरूले आफ्नो अवतार क्रियट गरेर चलचित्रको ट्रेलर हेर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२