close

खल्ती लेख स्टार हुँदै, प्रथम हुनेले ५० हजार पाउने

टेकपाना टेकपाना

चैत १६, २०७८ १५:०

खल्ती लेख स्टार हुँदै, प्रथम हुनेले ५० हजार पाउने

काठमाडौं । खल्ती डिजिटल वालेटको आयोजनामा ‘खल्ती लेख स्टार’ हुने भएको छ । यसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ जित्न सक्नेछन् । त्यस्तै पाँच जनाले सान्त्वाना पुरस्कार स्वरुप पाँच हजार पाउनेछन् ।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहीले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गरी ‘खल्ती’ लाई पठाउनुपर्नेछ ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन, र्याप आदिमार्फत सोसल मिडियामा प्रस्तुत गरी  #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युव वा टिकटकमा शेयर गर्नुपर्नेछ ।

पोस्ट गरेपश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ ।

यो प्रतियोगिता वैशाख १४, २०७९ सम्म सञ्चालन हुनेछ । यसका साथै तीनजना विजेताले खल्तीको भिडिओमा प्रस्तुत हुने मौका पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३