सामसङको नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ग्यालेक्सी एस इलेभेन’ अर्को महिना सार्वजनिक हुने संभावना छ । कम्पनीले शनिबार अनप्याक भिडियो सार्वजनकि गर्दै ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन आउँदो ११ फेब्रुअरी ( माघ २८ ) मा विश्व बजारमा सार्वजनिक हुने संकेत गरेको हो । अमेरिकाको सानफ्रान्सिस्को सहरमा हुने कार्यक्रमका बिच उक्त स्मार्टफोन सार्वजनिक हुने छ ।
Say hello to a whole new Galaxy. Unpacked on February 11, 2020 #SamsungEvent pic.twitter.com/ln1pqt2vu7
— Samsung Mobile (@SamsungMobile) January 5, 2020
कम्पनीले सार्वजनिक गरेको अनप्याक भिडियोमा ‘ग्यालेक्सी’ शब्द उल्लेख गरिएकाले ग्यालेक्सी एस इलेभेन सार्वजनिक गर्ने अपेक्षा गरिएको हो । तर, ग्यालेक्सी एस ट्वान्टी पनि हुन सक्ने अनुमान छ । त्यसो त सामसङले लामो समयदेखि ल्याउने तयारी गरेको फोल्डेवल स्मार्टफोन ‘ग्यालेक्सी फोल्ड’ पनि हुन सक्नेछ ।
साथै कम्पनीले एक भन्दा बढी डिभाइस एउटै कार्यक्रममार्फत सार्वजनिक गर्ने उल्लेख भए अनुसार ग्यालेक्सी एस इलेभेन पनि सार्वजनिक हुने अनुमान छ । यसअघि आएको जानकारी अनुसार सामसङ ग्यालेक्सी एस इलेभेनमा ‘सेन्टर–अलाइन्ड होल पञ्च’ सेल्फी क्यामरा रहेको छ ।
Guess who is bringing you the very first and early look at the #Samsung #GalaxyS11…?
— Steve H.McFly (@OnLeaks) November 22, 2019
As usual, 360° video + gorgeous 5K renders + dimensions, on behalf of my Friends over at @91mobiles -> https://t.co/ejj58wPNSH pic.twitter.com/QNS2dsyLp7
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
