close

कुन कारणले स्लो भयो तपाईंको इन्टरनेट, यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

बैशाख ७, २०७९ १६:५६

कुन कारणले स्लो भयो तपाईंको इन्टरनेट, यसरी थाहा पाउनुहोस्

काठमाडौं । वेबसाइट विस्तारै लोड हुनु, अनि डाउनलाेडका लागि लामाे समय लाग्नु । यो जस्तो पट्यार लाग्दाे काम अरू के हुनसक्छ ? उच्च गतिकाे इन्टरनेटका लागि पैसा तिरेपनि स्लाे इन्टरनेटकाे समस्या भोग्ने तपाईंमात्र एकजना पक्कै हुनुहुन्न ।

यहाँ धेरै प्रयोगकर्ता छन्, जसले समान समस्या भोगिरहेका छन् । यस्तो हुनुमा धेरै कारण हुनसक्छन् ।

तपाईंको इन्टरनेट नेटवर्क घर छेउछाउका कसैले चोरी गरेर प्रयोग गरिरहेका पनि हुनसक्छन् । त्यसैले इन्टरनेट प्रयोग गर्दा आफ्नो नेटवर्कसँग कनेक्ट भएका डिभाइस कुन-कुन छन् भनेर हेर्न नभुल्नुहाेस् ।

तपाईंको आफ्नै इन्टरनेट सेवा प्रदायकका कारण पनि इन्टरनेट स्लो भइरहेको हुनसक्छ ।

त्यहाँ अर्को कारण पनि हुनसक्छ, जुन तपाईंले सोच्नुभएको छैन । इन्टरनेट सेवा प्रदायकले नै तपाईंको इन्टरनेट स्लो गरिरहेको हुनसक्छ । यो थाहा पाउनका लागि तपाईंले भीपीएनको सहयोग लिन सक्नुहुन्छ ।

उपयुक्त भीपीएन छनौट गर्नुहोस् 

भीपीएनले तपाईंको डिभाइस र इन्टरनेट सामग्रीबीचमा भएको दूरीलाई प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्दै मेटाउने कोशिश गर्छ । सामान्यतया निःशुल्क रुपमा उपलब्ध हुने भीपीएनहरूको विश्वसनीयतामा शंका हुन्छ ।

निःशुल्क रुपमा प्राप्त हुने धेरैजसो भीपीएनहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरेर बिक्री पनि गर्ने गरेका छन् । यसले गर्दा तपाईंलाई धेरै स्प्याम ईमेलहरू पनि आउने गरेका छन् ।

त्यही भएर सकेसम्म पैसा नै तिरेर भएपनि राम्रो र विश्वासिलो भीपीएन प्रयोग गर्नु उपयुक्त हुन्छ । भीपीएन छनौट गर्दा आफ्नो व्यक्तिगत विवरणहरूको गोपनीयता र सुरक्षाको प्रत्याभूत गराउनसक्ने भीपीएन छनौट गर्नुपर्छ । 

आईएसपीले के बदमासी गरिरहेको छ ?

आफूलाई उपयुक्त भीपीएन छनौट गरिसकेपछि आफ्नो इन्टरनेटको स्पिड टेस्ट गर्नुहोस् ।

-गुगलमा उपलब्ध विभिन्न इन्टरनेट स्पिड टेस्ट गर्ने वेबसाइटमार्फत स्पिड टेस्ट गर्न सकिन्छ । अहिले नै निकै नै लोकप्रिय भएको स्पिड टेस्ट साइट ‘speedtest.net’ रहेको छ । यसले तपाईंको लोकेसनको नजिकैको सर्भरलाई स्वतः डिटेक्ट गर्छ ।

-सुरुमा सामान्य रुपमा तपाईंको आफ्नै सर्भरको इन्टरनेट स्पिड टेस्ट गर्नुहोस् । त्यसपछि अरू ठाउँहरूको सर्भर छानेर इन्टरनेट स्पिड टेस्ट गर्नुहोस् ।

-यसले तत्काल तपाईंको इन्टरनेट कनेक्सनको पिङ, अप्लोड र डाउनलोड स्पिडको जानकारी दिन्छ । उक्त सबै जानकारीहरू टिपेर राख्नुहोस् ।

-यसपछि तपाईंको भीपीएन अन गर्नुहोस् र फेरि इन्टरनेटको स्पिड टेस्ट गर्नुहोस् । यसले भीपीएन प्रयोग गर्दा र भीपीएन प्रयोग नगर्दा तपाईंको इन्टरनेट स्पिडको फरक देखाउँछ ।

धेरैजसो अवस्थामा, डिभाइसमा भीपीएन कनेक्ट हुँदा इन्टरनेटको गति अलि कम हुनेगर्छ । भीपीएनले आईपी एड्रेस लुकाउँछ, जुन तपाईंको इन्टरनेट सेवा प्रदायकले नेटवर्क कसलाई जोडिएको छ भनेर हेर्न प्रयोग गर्दछ ।

यसको अर्थ यदि तपाईंको इन्टरनेटको स्पिड भीपीएन प्रयोग नगर्दा पनि स्लो भएको छ भने तपाईंको सेवा प्रदायकले आफैं इन्टरनेट स्लो गर्देको हुनसक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२