close

कति पर्छ डिशहोमको १ जीबीपीएस इन्टरनेटको मूल्य ?

टेकपाना टेकपाना

चैत ५, २०८१ १९:२०

कति पर्छ डिशहोमको १ जीबीपीएस इन्टरनेटको मूल्य ?

काठमाडौं । डिशहोमले हालै १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज ल्याएको छ ।  ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत सार्वजनिक यस प्याकेजलाई कम्पनीले ‘अल्ट्राम्याक्स’ नाम दिएको छ ।

विशेषगरी धेरै डिभाइस चलाउने, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङ गर्नेहरूका लागि यो योजना उपयुक्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाई-फाई सिक्स प्राइमरी राउटर सहितको यो प्याकेज स्मार्ट होम, आईओटी डिभाइस र उच्च गतिको इन्टरनेट प्रयोग गर्न चाहने ग्राहकका लागि उपयोगी हुनेछ ।

१२ महिनाका लागि ४२ हजार ८९७ रुपैयाँ शुल्क तोकिएको यस प्याकेजका लागि विभिन्न सुविधा घोषणा गरिएको छ । यस अन्तर्गत ​वाई-फाई सिक्स प्राइमरी राउटर, पाँच लाख रुपैयाँको जीवन बीमा योजना र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) सित्तैमा उपलब्ध हुनेछ । त्यस्तै राउटर रेन्टल चार्ज, ड्रप वायर चार्ज, टेलिभिजन चार्ज र टिभी एसटीबी चार्ज नलाग्ने बताइएको छ ।

डिशहोमका अनुसार वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटर पुराना राउटरभन्दा फास्ट हुन्छन्, जुन फोरके/एटके भिडिओ स्ट्रिमिङ, आईपीटिभी, भीआर, अनलाइन गेमिङका लागि उपयुक्त हुन्छ । यो प्रविधिमा एकैसाथ ६४ ओटा डिभाइससम्म इन्टरनेट जडान गर्न सकिने बताइएको छ । साथै, प्यारेन्टल कन्ट्रोल तथा सुरक्षित नेटवर्क पहुँचको सुविधा पनि छ ।

​वाई-फाई सिक्सले स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकरजस्ता आईओटी उपकरणहरू सजिलै कनेक्ट गर्ने डिशहोमले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०८१ १९:२०