विश्वकै ठूलो विद्युतीय उपकरणको प्रदर्शनी सीईएस २०२० मा लेनोभोले आफ्ना नयाँ कम्प्युटर प्रदर्शनमा राख्दैछ । कम्पनीले आफ्ना नयाँ ल्यापटपका दुई मोडेल सिमित संख्यामा प्रदर्शनीमा राख्ने भएको हो ।
लेनोभोले यस वर्ष योगा क्रिएटर सेभेन र आईडिया प्याड क्रिएटर फाइभ ल्यापटप सार्वजनिक गर्दैछ । न्यु योगा ल्यापटप १५.६ इन्चको फूल एचडी डिस्प्लेमा उपलब्ध हुनेछ । यसमा वैकल्पिक रुपमा शत प्रतिशत एसआरजीबी कलर गामुट सपोर्ट रहनेछ ।
जसमा दशौं पुस्ताको इन्टेल कोर प्रोसेसर रहनेछ छ भने १६ जीबीसम्मको र्याम र एक टीबीसम्मको एसएसडी र पछिल्लो एनभिदिया मोबाइल ग्राफिक्स रहेको छ । नयाँ योगाभन्दा केही गह्रुंगो रहेको आईडियाप्याड क्रिएटर फाइभको स्क्रिन आकार र रेज्युलेसन भने योगाको जस्तै नै छ भने कलर गामुट अप्सन शत प्रतिशत अडोब आरजीबी रहेको छ । १० औं पुस्ताको कोर सीपीयू र नयाँ एनभिदिया ग्राफिक्स रहेको ल्यापटप योगाभन्दा केही मोटो छ । यसमा सानो ब्याट्री रहेको छ ।
यी दुबै ल्यापटपमा लेनोभो क्यू कन्ट्रोल र इन्टेलिजेन्स कुलिङ प्रीवधि समावेश छ । जसले धेरै काम भएको समयमा पनि ल्यापटपलाई शितल राखेर पर्फमेन्सलाई बढाउने काम गर्छ । यसमा खैरो रंगको झ्याउ जस्तै देखिने च्यासिस रहनेछ । जुन अन्य ल्यापटपहरु जत्तिको आकर्षक भने देखिने छैन ।
यस्तै लेनोभोले सार्वजनिक गर्न लागेको अर्को आईडिया सेन्टर क्रिएटर फाइभ डेस्कटपमा जियोमेट्रिक डिजाइन रहेको छ । लेनोभोका अनुसार केस डिजाइनले यसलाई शितल राख्न र अनावश्यक आवाज बन्द गर्न मद्दत गरेको छ ।
यसमा कोर आई ९ प्रोसेसर र एनभिदिया जीफोर्स आरटीएक्स ग्राफिक्स कार्ड रहेको छ । जसमा ३२ जीबीको र्याम र दुई टेराबाइट हार्ड ड्राइभ स्पेस तथा एक टेराबाइट एसएसडी स्टोरेज समेत छ ।