close

एमएएच भनेको के हो अनि ब्याट्री र पावर बैंकमा यसले के फरक पार्छ ?

टेकपाना टेकपाना

असार १३, २०७९ १६:०

एमएएच भनेको के हो अनि ब्याट्री र पावर बैंकमा यसले के फरक पार्छ ?

काठमाडौं । यदि फोन वा पावर बैंक खरिद गर्दै हुनुहुन्छ भने तपाईँले मिलिएम्प आवर अर्थात एमएएच (mAh) को बारेमा त पक्कै ख्याल गर्नु भएकै होला । यति एमएएचको ब्याट्री भएको फोन भन्ने वाक्य बारम्बार सुनिन्छ । तपाईँलाई यो एमएएच भनेको के हो, थाहा छ ? आज हामी यसै विषयमा चर्चा गर्दै छौं ।

के हो मिलिएएमपी आवर ?

मिलिएएमपी आवर (Milliamp hours) एउटा त्यस्तो एकाइ हो, निश्चित समय अन्तरालको ऊर्जा मापन गर्दछ । यसलाई छोटकरीमा एमएएच (mAh) भन्ने गरिन्छ । यसले कसरी काम गर्छ भन्ने कुराका लागि पहिला मिलिएएमपी (milliamps) भनेको के हो भन्ने कुरा तर्फ लागौँ । 

मिलिएम्प इलेक्ट्रिक करेन्टको मापन हो, अझ स्पष्ट रूपमा भन्नुपर्दा यो एउटा एएमपी (amp) को एक हजारौं भाग हो । एएमपी (Amp) र मिलि एएमपी (milliamp)ले विद्युतीय करेन्टको मजबुती नाप्ने काम गर्दछ । अब यसमा घण्टालाई जोड्ने हो भने तपाईँले सोही मजबुतिको करेन्ट कति समयसम्म प्रवाह हुनसक्छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । 

उदाहरणको लागि एउटा ब्याट्रीलाई लिउँ । यदि त्यो ब्याट्रीले एक घण्टासम्म एक मिलिएएमपीको करेन्ट प्रवाह कायम राख्न सक्छ भने त्यसलाई हामी एक एमएएच (mAh) क्षमताको ब्याट्री भन्न सक्छौँ ।

मिलिएएमपी एकदमै थोरै मात्राको ऊर्जा हो, त्यसैले यो ब्याट्री त्यस्तो व्यवहारिक नहोला । व्यवहारिक भएर कुरा गर्ने हो भने हामीले फोन देखि ब्लुटुथ स्पिकरसम्मका ब्याट्री सहितका कुनै विद्युतीय उपकरणलाई लिन सक्छौँ ।

यस्ता उपकरण क्षमताको हिसाबले सयौँ मिलिएएमपी आवर देखि हजारौँ मिलिएएमपी सम्मका हुने गर्दछन् । तर ती सबैको मापन गर्ने तरिका एउटै हुन्छ । यहाँनिर ख्याल गर्नैपर्ने एउटा कुरा के छ भने मिलिएएमपी आवर केवल क्षमताको मापन मात्रै हो ।

त्यसले तपाईँको पावर बैंकबाट कुनै निश्चित उपकरणलाई कति छिटो चार्ज गर्न सक्छ भन्ने कुरा निर्धारण गर्दैन । त्यसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ कि गर्दैन भन्नेदेखि लिएर थुप्रै कुराहरूमा यो कुरा निर्भर हुन्छ । 

मिलिएएमपी आवर र पावर बैंकको क्षमताः 

अहिलेको समयमा बजारमा आउने स्मार्टफोनहरूमा औसत २००० देखि ४००० एमएएच क्षमताको ब्याट्री क्षमता हुने गर्दछ । जुन फ्लिप फोन र पुराना स्मार्टफोनको तुलनामा निकै ठूला हुन् ।

तर जसै फोनहरू उन्नत हुँदै गइरहेका छन्, ब्याट्रीको माग समेत त्यसैगरी बढ्दै गइरहेको छ । यसले गर्दा ब्याट्रीको आयू घटाइरहेको हुन्छ ।

यस्तोमा पोर्टेबल (साथमा लिएर यताउता हिँड्न मिल्ने) पावर बैंक निकै लोकप्रिय हुन थालेका छन् । कुनै वास्तविक प्रयोजनलाई ख्याल राख्ने हो भने जुन उपकरण चार्ज गर्नुपर्ने हो, तपाईँले कम्तिमा उक्त ब्याट्री क्षमताकै पावर बैंक चाहनुहुन्छ ।

यस्तोमा २००० एमएएच क्षमताको पुरानो पावर बैंकले तपाईँको आईफोन १३ प्रो म्याक्सको ४३५२ एमएएच ब्याट्रीलाई त्यति राम्रोसँग चार्ज गर्न सक्दैन । केही नहुनुभन्दा मोटामोटी तपाईँको फोन वा ट्याब्लेटको ब्याट्री क्षमता सरहको पावर बैंक राम्रो हुन्छ ।

यस्तो अवस्थामा ब्याट्रीभन्दा बढी क्षमताको पावर बैंक सधैँ राम्रो मानिन्छ, चाहे तपाईँ त्यो बढी भएको क्षमता प्रयोग नै किन नगर्नुहोस् । यदि तपाईँ साथीहरूको समूहमा क्याम्पिङका लागि जाँदै हुनुहुन्छ भने अब पक्कै पनि बढी क्षमताको पावर बैंक साथमा लिएर जाने कुरामा ध्यान दिनुहुन्छ होला ।

हामीले प्रयोग गर्ने उपकरणहरूका ब्याट्री ठूलो हुँदै गर्दा पावर बैंकको क्षमता समेत त्यसै अनुसार बढ्ने नै भयो । त्यसो हो भने के तपाईँका लागि एकदमै ठूलो पावर बैंक उपयुक्त हुन्छ त ?

वास्तवमा बढी क्षमता भएको पावर बैंकका केही नकारात्मक पक्ष समेत छन्, तर त्यो त्यति धेरै पनि छैन र साह्रै जोखिम पनि हैन । तपाईँलाई चाहिए भन्दा एकदमै धेरै मिलिएएमपी आवर क्षमताको पावर बैंकले तपाईँको उपकरणलाई बिगार्दैन ।

तपाईँलाई चाहिए भन्दा बढी क्षमताको पावर बैंक हुनुको बेफाइदा भनेकै त्यो आकारमा ठूलो हुनु हो । बढी क्षमताको अर्थ ठूलो ब्याट्री हुनु हो । जसलाई कहिले काहीँ चिसो हुन बढी ठाउँ चाहिन्छ ।

त्यसैले आफ्नो आवश्यकता अनुसारको पावर बैंक रोज्न सक्नुहुन्छ । बढी क्षमताको पावर बैंक हुनुको अर्को बेफाइदा भनेको त्यसलाई रिचार्ज हुन धेरै समय लाग्नु हो ।

तर यो तपाईँले ठाने जति नराम्रो कुरा पनि होइन । तर यदि तपाईँ दैनिक रुपमा पावर बैंक प्रयोग गर्न चाहनुहुन्छ भने सम्भवतः तपाईँले छिट्टै चार्ज हुने पावर बैंक नै रोज्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३