close

अन्टार्कटिका पुग्यो स्टारलिंक इन्टरनेट

टेकपाना टेकपाना

असोज ३, २०७९ १६:३४

अन्टार्कटिका पुग्यो स्टारलिंक इन्टरनेट

काठमाडौं । एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट अब अन्टार्कटिका महादेशमा उपलब्ध भएको छ । एलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) ले पृथ्वीको सबैभन्दा चिसो भाग (अन्टार्कटिका) मा इन्टरनेट परीक्षण गरिरहेका छन् ।

अन्टार्कटिकामा भएको म्याकमर्डो (McMurdo) स्टेसनमा करिब हजार जना बसोबास तथा काम गर्ने गर्छन् । उनीहरूलाई विभिन्न कम्पनीको स्याटलाइट इन्टरनेट उपलब्ध गराएको भएपनि उक्त इन्टरनेट उनीहरूका लागि उपयुक्त थिएन ।

युनाइटेड स्टेट अन्टार्कटिका प्रोग्रामका अनुसार अहिले त्यहाँ हरेकसँग १७ एमबीपीएस इन्टरनेट पहुँच छ । तर, अब स्टारलिङ्क उपलब्ध भएसँगै उनीहरूले पहिलेको इन्टरनेटभन्दा उत्कृष्ट हुनेछ । यसअघि वनवेबले उत्तरी ध्रुव्र र अन्टार्कटिका केही क्षेत्रमा स्याटलाइट इन्टरनेट विस्तार गरेको थियो ।

त्यसभन्दा अघि गएर स्पेसएक्स र नेसलन साइसन्स फाउन्डेसनले अन्टार्कटिकाको म्याकमर्डो स्टेसनमा स्टारलिङ्क टर्मिनलमा इन्टरनेट परीक्षण गरेका हुन् । एनएफसीले त्यहाँ इन्टरनेटको ब्याण्डविथ बढाएर अन्टार्कटिकाको ग्रामीण क्षेत्रमा अनुसन्धान गर्ने वैज्ञानिकलाई सहयोग गर्ने अपेक्षा गरेका छ ।

म्याकमर्डो स्टेसनमा काम गर्ने वैज्ञानिकले नेटफ्लिक्स तथा भिडिओ कल गर्न पाउनेछैनन् । कतिपय अवस्थामा विभिन्न मिटिङका लागि स्काइप भने प्रयोग गर्न पाउनेछन् ।

स्टारलिङ्कले ५० देखि २०० एमबीपीएसम्म इन्टरनेट स्पीड उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १६:४६