close

फोनपे मार्फत कारोबार गर्दा हरेक दिन १ लाख जित्ने अवसर

टेकपाना टेकपाना

असोज ४, २०७९ १६:३१

फोनपे मार्फत कारोबार गर्दा हरेक दिन १ लाख जित्ने अवसर

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘चाडबाडमा जीवन सहज बनाऔं, नगद छोडौं फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु. एक लाख जित्न सक्नेछन् ।

यो योजना ग्राहकका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ । यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् ।

मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गतेसम्मका लागि लागू हुनेछ ।

फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई चुनौती अर्थात् च्यालेञ्ज एक्सेप्ट गर्नुपर्नेछ ।

यसैगरी फोनपेले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्याशब्याक पाइने सुविधासमेत प्रदान गरेको छ ।

फोनपेमार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपेमार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् ।

यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिकसम्म पहिलोपटक क्यूआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशत अर्थात् रु ३०० सम्म छुट पाइनेछ ।

यसैगरी सानिमा बैंकका ग्राहकले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक, एनआईसी एसिया बैंकका ग्राहकले असोज ९ गतेदेखि १४ गतेसम्म क्यूआर गर्दा १० प्रतिशत अर्थात् रु. १०० सम्म छुट पाइनेछ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्यूआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु १०० छुट प्राप्त गर्न सकिनेछ ।

आईएमई पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्यूआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म क्याशब्याक प्राप्त गर्न सकिनेछ ।

यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्याशब्याक पाइने छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।

यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाइल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १६:३६