ट्रेन्डिङ:
सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने निर्वाचनको समयमा जथाभावी प्रचारप्रसार गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला ! अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड दूरसञ्चार सेवाप्रदायक आपसमा गाभिन सक्ने, प्राधिकरणबाट पारित भयो नियमावली ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट अब नेपालमै विद्युतीय गाडी बनाउनुपर्छः अर्थमन्त्री फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली
close

सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार

टेकपाना टेकपाना

असोज ५, २०७९

सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार

काठमाडौ‌। नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ ।

सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले मंगलबार गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्कुटर सार्वजनिक गरे ।

कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिएको जनाएको छ । प्रति घण्टा अधिकतम ४५ किलोमिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ ।

यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्कुटरको ब्याट्री फुल चार्ज गर्न ३ घण्टा ४५ मिनेट लाग्छ ।

त्यस्तै एक पटकको सिङ्गल चार्जमा २०० किलोमिटर सम्म गुडाउन सकिने कम्पनीकाे दाबी छ ।

तीन बर्षको वारेन्टी दिइएको यस स्कुटरमा दुई जना सहज रुपमा यात्रा गर्न सकिन्छ । कम्पनीले यसको मूल्य २ लाख ४० हजार निर्धारण गरेको छ ।