close

ह्वावे मेट ५० सिरिज अब विश्व बजारमा

टेकपाना टेकपाना

असोज ११, २०७९ १४:९

ह्वावे मेट ५० सिरिज अब विश्व बजारमा

काठमाडौं । सामसङ र एप्पलसँग प्रतिस्पर्धा गर्न ह्वावेले विश्वबजारमा आफ्नो पछिल्लो प्रिमियम फोन मेट सिरिजको मेट ५० फोन सार्वजनिक गर्ने तयारी गरेकाे छ । यस फोनको पछाडिको भाग ग्लास तथा लेदरबाट बनेको छ ।

यसको ग्लास सिल्भर वा ब्ल्याक कलरमा उपलब्ध हुनेछ भने भेगन लेदर सुन्तला रङ्गमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसमा ६४ मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा अपार्चर क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल क्यामेरा र प्रोक्सिमिटी लाइट सेन्सर समावेश हुने बताइएको छ ।

यस फोनमा भएको अल्ट्रा अपार्चर क्यामेरा ह्वावेको एडजस्ट गर्न सकिने फिजिकल अपार्चर हो । कम्पनीका अनुसार यसमा भएको स्मार्ट अपार्चरले सिन अनुसार स्वतः अपार्चर एडजस्ट गर्ने गर्छ ।

तर, यसका लागि क्यामेरा 'अटो मोड'मा राख्नुपर्ने हुन्छ । प्रोफेसनल मोड प्रयोग गरेर यस फोनबाट ब्लर रेसियो र डेफ्ट अफ फिल्ड एडजस्ट गर्न सकिन्छ ।

फोनको अगाडिको भाग पूर्ण रूपमा गोरिल्ला ग्लासको सट्टा नयाँ किसिमको कुनलुन ग्लास (Kunlun) द्वारा कभर गरिएको हुनेछ । ह्वावेले कुनलुन ग्लास गोरिल्ला ग्लासको तुलानामा १० गुणा बढी टिकाउ हुने दाबी गरेको छ ।

यो फोन वाटर एन्ड डस्ट रेसिस्टेन्सका लागि आईपी ६८ द्वारा रेटिङ गरिएको । यो फोन फोरजी सहितको स्न्यापड्रागन ८ प्लस जेन वान प्रोसेसरद्वारा सञ्चालित हुनेछ ।

यसमा ४७०० एमएएच क्षमताको ब्याट्री रहेको छ भने ६६ वाटको वायर्ड सुपर चार्ज र ५० वाटको वायरलेस सुपर चार्जर समावेश छ ।

गुगल इकोसिस्टम नरहेको यि मेट ५० सिरिज सबैलाई उपयक्त नहुन सक्छ । यदि खरिद गर्ने नै हो भने मेट ५० प्रो (८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज) को मूल्य १२ सय ४९ डलर (करिब एक लाख ६३ हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै मेट ५० सिरिजको ८ जीबी र्‍याम र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १३ सय ९९ डलर (करिब एक लाख ८२ हजार ५८४ रुपैयाँ) रहेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १४:९