close

टिकटकको नक्कल गर्दै ट्वीटर

टेकपाना टेकपाना

असोज १५, २०७९ ७:३६

टिकटकको नक्कल गर्दै ट्वीटर

काठमाडौं । इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालले टिकटकका फिचरहरू कपी गरेको कुरा अब नाैलाे रहेन ।  यो सन्दर्भमा ट्वीटर पछाडि नै थियो । अहिले भने ट्वीटरमा पनि विभिन्न फिचरहरू टिकटकबाट कपी गरेर ल्याइएको पाइएको छ ।

ट्वीटरमा राखिने भिडिओलाई ट्वीटको भागका रूपमा हेर्ने गरिन्थ्यो । तपाईँले फलो गरेका व्यक्तिका ट्वीट र रिट्वीटमा मात्र भिडिओ देखिन्थ्यो भने अब सजेस्टेड फर यु (Suggested for you) मा पनि भिडिओ देखिने भएको छ ।

टिकटक, फेसबुक र इन्स्टाग्राम जस्तै टिकटकमा पनि अब भिडिओ ट्याब देख्न सकिनेछ । जसमा तपाईँलाई सजेस्ट गरिएका भिडिओ स्क्रल गर्दै हेर्न सक्नुहुन्छ । कम्पनीले हालै ट्वीटरलाई भिडिओका लागि उत्कृष्ट प्लेटफर्म बनाउन चाहेको कुरा उल्लेख गरेको छ ।

युट्युबको शर्ट्स, फेसबुक र इन्स्टाग्रामको रिल सबै टिकटकबाट नै कपी गरिएका फिचर हुन् । इन्स्टाग्रामका प्रमुख आडम मोस्सेरीले एक अन्तरवार्तामा इन्स्टाग्रामका फोटो पोस्टलाई पनि फुल स्क्रिन सक्रलिङको एक्सपिरयन्समा परिणत गर्ने बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ ७:३६